प्रचण्ड नेपालले किर्ते गरेर बहुमत पुर्याएःओली

  • प्रकाशित मितिः फाल्गुन ८, २०७७
  • उज्यालो प्रदेश
alt

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए ।

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।उनले प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए ।

उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे ।सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन्छ जस्तो आफूलाई नलागेको पनि उनले बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए ।

उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो । तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्’, उनले भने ।

कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनि दावी गर्नु केटीकेटीले पुतलीका लागि झगडा गर्नु जस्तै भएको ओलीले टिप्पणी गरे

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved