भारतीय सेनासँगको भिडन्तमा चार चिनियाँ सैनिकको ज्यान गएको पुष्टि

  • प्रकाशित मितिः फाल्गुन ७, २०७७
  • उज्यालो प्रदेश
alt

चीनले गलवान भ्यालीमा भारतसँग भएको भिडन्तमा आफ्ना चारजना सैनिकको ज्यान गएको बताएको छ।

आठ महिनाअघि भएको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको सार्वजनिक भए पनि चिनियाँ सैनिकको मृत्यु भएको जानकारी पहिलोपटक खुलासा गरिएको हो।

काराकोरम पहाडमा राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षामा खटिएर भारतसँग लडेका ती सैनिकको गलवान भ्यालीमा ज्यान गएको चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले जनाएको छ।

‘गलवान भ्यालीको लाइन अफ कन्ट्रोल ९एलएसी० मा भारतीय सेनाको अवैध घुसपैठसँग भिड्दा ज्यान गुमाउने यी चारजना अधिकृतबारे विस्तृत विवरण सार्वजनिक गरिएको यो पहिलोपटक हो,’ सो पत्रिकाले जनाएको छ।

सो घट्ना कसरी हुन गयो भन्नेबारे थप अध्ययन पनि गरिएको बताइएको छ।भारतका २० र चीनका चार सैनिकको ज्यान जानेगरी भारत र चीनबीच भएको यो भिडन्तलाई यी दुई छिमेकीबीच विगत ४५ वर्षमा भएको सबैभन्दा ठूलो सीमा तनाबका रुपमा लिइएको छ।

सो भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिको बिभिन्न आकलन गरिए पनि चीन आफैले पहिलोपटक यो विवरण सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved