लेटाङ । लेटाङको विभिन्न वडामा छरिएर रहेका ठकुरी जातिको संगठन ठकुरी समाज महासंघ लेटाङ नगरकमिटीको दोश्रो साधरण सभा सम्पन्न भएको छ ।
लेटाङको वडा नं.२ बुधबारेमा भएको ठकुरीहरुको भेलाले नयाँ कार्यसमिति पनि चयन गरेको छ ।नवगठित समितिको अध्यक्षतामा पृथ्वीराज खाण ठकुरी चयन भएका छन् ।
समितिको उपाध्यक्षमा शन्त कुमार ठकुरी,सचिव निलम ठकुरी,कोषाध्यक्ष चन्द्रमाया ठकुरी सहसचिव सुरेस ठकुरी र सदस्यहरु गंगा ठकुरी,बालकुमार खाण ठकुरी, विना ठकुरी,यज्ञ मल्ल,भिम मल्ल,टंक शाही ठकुरी चयन भएका छन् ।
समितकिो अध्यक्ष महेन्द्रराज शाहीको सभापतित्वमा भएको सो साधरण सभामा महासंघ केन्द्रिय सदस्य राजेन्द खाण महासंघ केराबारी गाउँपालिका बरिष्ठ उपाध्यक्ष विक्रम शाही महासंघ मोरङका कार्यवाहक अध्यक्ष किशान, महासंघ लेटांग नगरकमिटीका सल्लाहकार समितिक संयोजक पृथ्वीराज खाठ ठकुरी लगातयको आतिथ्यता रहेको थियो ।कार्यक्रममा महासंघका केन्द्रिय सदस्य राजेन्द्र खाण ठकुरीले स्वर्गिय मुमा सरस्वती मैया ठकुरीको स्मृतिमा ग्यास चुलो सेट सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष र सचिवले छुटाछुटै तयार पारेका संगठनको प्रतिवेदन पेश गर्दै बैठक बाट पारिक गरेका थिए ।कार्यक्रममा स्थानीय १०२ वर्षिय जेष्ठ मुमा सहित ठकुरी हक अधिकारका लागि वर्षौदेखि काम र्दै आएका राजेन्द्र खाण,सल्लाहकार संयोजक पृथ्वीराज खाणलाई सम्मान गर्नुका साथै मोरंग जिला कावा अध्यक्ष किशन शाही महासंघका केराबारीका बरिष्ठ उपाध्यक्ष विक्रम शाहीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम ख्यामराज हमालको संञ्चालमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved