एसइई परीक्षा जेठमा सार्ने तयारी

  • प्रकाशित मितिः फाल्गुन २, २०७७
  • उज्यालो प्रदेश
alt

शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख भएपनि कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने गरी तयारी गरेको छ।

यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ।

शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुनेछ।

‘शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ। महामारीजस्ता विपदका बेला शिक्षा मन्त्रालयले शैक्षिक सत्र तय गर्न सक्ने अधिकार मन्त्रिपरिषदले दिएको छ, उनले भने।

माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा ९एसईई० राष्ट्रिय परीक्षा बोर्डले पुरानै ढाँचाअनुसार गर्ने निर्णय गरेको थियो।

गत वर्ष कोरोनाका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट भएको थियो। अब भने एसईईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरेरै गर्ने तयारी छ।

शिक्षा नियमावलीको संशोधन राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कायम गर्नेबारे औपचारिक निर्णय हुने मैनालीले बताए।यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक सत्र सक्ने गरी तयारी गरिएको छ।

अब हुने विद्यालय तहका परीक्षाहरू आन्तरिक मूल्यांकनमा सीमित नराखिने उनले बताए। विश्वविद्यालय तहका परीक्षाहरू विद्यार्थी भौतिक रूपमै उपस्थित भएर गरिएको उल्लेख गर्दै उनले जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा गरिने बताएका हुन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको आन्तरिक तयारी प्राविधिक विषय भएको र बोर्डले यस काम गर्न सक्षम रहेको उल्लेख गरेका छन्।शैक्षिक सत्र कहिले टुंग्याउने भन्ने सरकारको काम भएको उनको भनाइ थियो।‘राजपत्रमा नियमावली प्रकाशित भएपछि बोर्डको बैठकबाट एसईईलगायत परीक्षा कहिले गर्ने मिति तोक्छौं,’ उनले भने।

काठमाडौं उपत्यकामा माघ पहिलो सातादेखि विद्यालय खुल्न थालेका हुन्। तीमध्ये केही विद्यालयले लकडाउनका बेला पनि अनलाइन कक्षा चलाएका थिए। त्यसरी पनि कोर्स नसकिने भएपछि पाठ्यक्रम नै घटाएर यसपालिको शैक्षिक सत्र सक्ने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved