नेशनल लाइफको बीमाशुल्क आर्जन ४० प्रतिशतले बढ्यो, जीवन बीमा कोष ३८ अर्ब माथि

  • प्रकाशित मितिः माघ ३०, २०७७
  • उज्यालो प्रदेश
alt नेशनल लाइफको आफ्नै स्वामित्वमा रहेको लाजिम्पाट स्थित केन्द्रिय कार्यालय भवन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवको सोही अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले बढी हो ।

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड लाख रुपैयाँ रहेको थियो ।

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा ९ लाख ३ हजार ९ सय ६० वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत बर्षको तुलनामा कम्पनीको नाफा ० दशमलव २६ प्रतिशतले बढेको छ ।
जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved