काठमाडौ । राज्यविरुद्धको कसुरमा पाँचघण्टा अघि पक्राउ परेकी नेकपा प्रचण्ड समुहकी नेतृ रामकुमारी झाक्री रिया निःशर्त भएकी छिन् ।
राज्यविरुद्धको कसुरमा महानगरीय अपराध महाशाखाले अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।
प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको र ‘झाँक्रीले राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था भएको बताउदै त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको आलोचना गरिएकोले यसमा पश्चाताप गर्नुपर्ने केही छैन उनले भनिन् । उनी पक्राउ परेलगतै चौतर्फी आलोचना र विरोध भइरहेका थिए ।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताउदै प्रहरीले उनलाई श्रीमानको जिम्मामा छाडेका हुन् । ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान हिजो, आज र भोलि उत्तिकै छ । मैले संविधान प्रदत्त वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग मात्र गरेको उनले प्रतिक्रिया दिएकी छिन्
प्रतिक्रिया दिनुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved