काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा, प्रचण्ड–माधव समूह० ले अन्तराष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेका छन् ।
नेकपाले नेपाल स्थित अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुलाई नेकपाले सञ्चालन गरीरहेको आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बारेमा ब्रिफिङ गरेको हो ।
मंगलबार नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमपछि उत्पन्न समस्या बारेमा ब्रिफिङ गरेको केन्द्रीय कमिटि सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
ब्रिफिङमा दुबै अध्यक्षले प्रधानमन्त्री ओली शान्ति, संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था विरुद्ध उभिएको बताए । आफूहरुले शान्ति, संबिधान र व्यवस्थाको रक्षाको निम्ती आन्दोलन जारी राखेको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको पनि साथ रहेको बताए ।
कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्छः प्रचण्ड
प्रचण्डले ओलीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने बताए । प्रचण्डले ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै ओलीको कदमलाई सर्वोच्च अदालतले सच्चाउने विश्वास व्यक्त गरे ।
भने, ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन । सर्वोच्च अदालत, निर्वाचन आयोग संवैधानिक व्यवस्थाअनुसार आफ्नो काम स्वतन्त्र ढंगले गर्छन् भन्ने हाम्रो विश्वास छ ।’
‘पत्रकारहरुले बैशाखमा प्रधानमन्त्री ओलीले जबरजस्ती चुनाव गराए के हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’
प्रचण्डले प्रधानमन्त्री ओली र उनका समूहका नेताहरु विक्षिप्त रहेको बताए । उनले भने, ‘यसो हेर्दा उहाँहरुमा असाध्यै छट्पटी छ । बोलीमा कुनै तालमेल छैन । विक्षिप्त भएको जस्तो लागेको छ ।’
अध्यक्ष प्रचण्डले आफूहरु निर्वाचन विरोधी नभएको बताए । भने, ‘शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा हामी प्रतिवद्धता छौ । शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको नै छौं ।’
अध्योध्याको बारेमा प्रधानमन्त्री ओलीले अध्ययन नगरेर स्टन्ट मात्रै गरेको पनि बताए । ‘यदि नेपालमा राम जन्मिएको प्रमाणित हुन्छ, धार्मिक पर्यटकीय स्थल बन्छ भने म भन्दा खुसी अर्को को होला रु केपीजीलाई मेरो चुनौती के छ भने पुरातात्विक अन्वेषण गर्ने, राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन । अहिले जे गर्नु भएको छ, त्यो स्टन्ट मात्र हो ।’
यो लडाइँ पद निम्ति होइन न्यायको निम्ति हो:नेपाल
अर्का अध्यक्ष नेपालले आफूहरु संबिधान र व्यवस्थाको रक्षाको निम्ती सडकमा ओर्लिएको बताए । यो लडाइँ पदको निम्ति नभएर न्यायको निम्ति भएको अध्यक्ष नेपालले बताए । उनले भने,‘यो हाम्रो पार्टीको मात्र आन्तरिक विषय वा विवाद होइन, रहेन। प्रधानमन्त्रीलाई सत्ताको मात लाग्यो । उहाँले साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्नुभयो । यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो ।’
नेपालले आधिकारिक पार्टी आफुहरु भएको बताए । उनले भने, ‘सबै हिसाबले नेकपा हाम्रो हो, हामी आधिकारिक हौं । केपीलाई अर्को पार्टी खोल्ने अधिकार छ । तर हाम्रोमा आँखा लगाउनु भएन ।’ अध्यक्ष नेपालले पनि ओलीलाई सत्ताको मात लागेको तानाशाह भएको उल्लेख गर्दै ओलीको तानाशाही प्रवृत्तिको कारण शान्ति, संबिधान र व्यवस्था धरापमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved