भाउन्ने कप शुरु , उद्घाटन खेलमा रोयल दमक विजयी

  • प्रकाशित मितिः माघ २५, २०७७
  • उज्यालो प्रदेश
alt

बेलबारी । भाउन्ने युथ क्लव बेलबारीद्धारा आयोजित भाउन्ने कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रोयल फुटबल क्लव विजयी भएको छ ।
बेलबारी फुटबल क्लव बेलबारीलाई एक शुन्यको अन्तरले गोल गर्दै रोयल विजयी भएको हो । खेल शुरु भएको दुई मिनेटमै रोयल फुटबल क्लवका तर्फबाट पेनाल्टी प्रहार गर्ने अवशर पाए पछि उक्त गोल नै निर्णायक भएको थियो । रोयलका खेलाडी एकराज बुडाथोकीले उक्त पनाल्टी प्रहार गरेका थिए । खेल को म्यान अफ दि म्याच रोयलका एकराज बुढाथोकी नै घोषित भएका थिए । भोलिको खेल पथरीशनिश्चरे फुटबल क्लव र डागीहाट फुटबल क्लव बीच हुने भएकोछ ।

IMG_0471
उद्घाटन कार्यक्रममा भाउन्ने फुटबल क्लवका पूर्व खेलाडी अशोक विष्टलाई क्लवले सम्मान गरेको छ । त्यसैगरी स्व.विराज देवानको स्मृतिमा क्लवको भवन निर्माण गरिदिने कौशिला देवानलाई पनि सम्मान गरिएको थियो ।

IMG_0479 कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा बेलबारी १० का वडाध्यक्ष गंगा याक्खाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका वडाध्यक्ष लगायत विभिन्न संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लवका सल्लाहकार अमीर मगरले स्वागत मन्तव्य राखेका थिए भने क्लवका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved