किशन शाही । उत्तरी मोरङको केराबारीमा यतिवेला एक पछि अर्को गर्दै साहित्यिक गतिवीधिले तिब्रता पाएकोछ।
लेखक तथा साहित्यि क्षेत्रमा कलम चलाउँदै आएका कलमकर्मीहरुले हप्तैपिच्छे स्रष्टाहरुलाई जमघट गराउँने र साहित्यिक रचना वाचन गराई साहित्यप्रेमीहरुलाई स्वाद चखाउँदै आइरहेका बेला शनिबार मोरङको केराबारी ७ मुगुमा बेग्लै रमाइलो भयो ।
स्रष्टा र सृजना अन्र्तगत पूर्बीमोरङमा क्रियाशिल साहित्यकर्मीहरुको रचना बाचनले शनिबार केराबारीको मुगुमा साहित्यिक वातावरण मात्र बनेन कार्याक्रमको निम्तो स्वीकार्दै आयोजकको मन राख्न आएका वडाध्यक्ष नारायण कुमार चेम्जोंग र गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेल कार्यक्रमको स्वाद पाएपछि स्रष्टाको गह्रुङो भारी बोकेर फर्किए ।
गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेल पनि स्रष्टाहरुको रचना वाचन र कार्यक्रमको ओतले आफनो पुराना दिनहरुको स्मरण गराएको उपाध्यक्ष लिम्बूले बताउँनुभयो । उहाँले भन्नुभयो ,वास्तवमा राजनीतिकर्मी जनप्रतिनीधिको जीवन नै हतारको भएपनि आजको कार्यक्रमले सवैकुरा विर्सिएर आनन्दले स्रष्टाहरुको रचना सुन्न्ो अवसर मिलेको बताउनुभयो । साहित्यकारहरुको यस्ता गतिवीधि र कार्यक्रमले वास्तविक जीवन र जगतको चर्चा गर्ने भएकाले आजको कार्यक्रमले म धेरै भावविह्वल पनि भएकोछु उहाँले भन्नुभयो ।
माघे संघ्रान्ति को अवसरमा स्रष्टा र साहित्य सृजना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो रचना बाचन गर्न आइपुगेकी बेलबारीकी सर्जक रेखा सूवेदीले मेरो तस्बिर, एक साझ शिर्षकको दुईओटा कविता वाचन गरिन् । कविता वाचन गरिरहदा मन्त्रमुग्ध बनेका वडाध्यक्ष चेम्जोंग भावसागरमा डुवेर मन्त्रमुग्ध बनेका थिए ।
त्यसैगरी बेलबारीकी सर्जक बादल देवी चाम्लिंगले पनि माथी पहाडको थुम्कोमा रित्तो घर छ शिर्षकको कविता सुनाइन् । पाठेघर कविता संग्रह पछि एकाएक साहित्यिक आकासमा चुलिएकी राइले मुगुको सानो गाउँले मोहित बनाएको बताइन् ।
पाँचथरका कवि तथ साहित्यकार राज माङ्लाकले बानीहरु शिर्षकको कविता सुनाए । विभिन्न कविता संग्रह तथा पुस्तकहरु प्रकासन गरी साहित्यफाटमा उदाएका माङलाकले जनजीवन र मानिसको आनीबानी र व्यवहारलाई टपक्कै टिप्ने गरेका छन् । उहाँको सृजनामा गाँउले जीवन शैली संस्कार र संस्कृतिको दरिलो सन्देश बोकेको पाइन्छ ।उहाँको लिम्बुनी गाउँ पाठकले निकै मन पराएको कविता हो ।
कार्यक्रममा हराएको मान्छे गजल संग्रह प्रकासित गर्नुभएका गायक संगितकार तथा गीतकार जेवी थुलङले पनि आफनो रचना पस्केर उपस्थित श्रोता र दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । गायक सञ्जिव धिमाले पनि गीत गाएर माहौल तताएका थिए ।
लेखक तथा साहित्यकर्मी लाखमान लिम्बुले स्वागत गर्नुभएको सो कार्यक्रम उत्तरी मोरङ साहित्यिक मंञ्चको आयोजनामा भएको हो । कार्यक्रम सन्देश तुम्बाफोको अध्यक्षता र शुक्र आङदेम्बेको संञ्चालनमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved