प्रधानमन्त्री कप क्रिकेट स् लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

  • प्रकाशित मितिः माघ १०, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं,। चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक–एक विकेट लिए । विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved