केराबारी । मोरंगको केराबारीमा मंगलबार कोभिड अस्पतालको उद्घाटन भएको छ ।
हाल संञ्चालनमा रहेको स्वास्थ्य संस्था केराबारीको माथिलो तलामा निर्मित तीन कोठे भवनलाई नै प्रयोगमा ल्याउने गरी कोभिड अस्पताल संञ्चालनमा आएको हो ।
कोरोना संक्रमणको विरामीलाई आइस्योलेसनमा राखी उपचार गर्ने गरी संघिय सरकारको १० लाख र केराबारी गाउँपालिकाको १० लाख सहित २० लाखको लगानीमा निर्मित कोभिड अस्पतालको गाउँपालिका प्रमुख रोहित वहादुर कार्की र उपप्रमुख शान्ति भूजेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
संघिय सरकारले २ जना नर्स १ जना मेडिकल अफिसर सहित ४ जना कर्मचारीलाइ तीन महिनाको व्यवस्थापन सहित ४ लाख ५० हजार, स्वास्थ्य उपकरण खरिदका लागि ४लाख ५०हजार,औषधी खरिदका लागि ५० हजार रुपैया खर्च गर्नेगरी १०लाख रुपैया उपलब्ध गराएको र केराबारी गाउँपालिकाले १० लाख रुपैया उपलब्ध गराएको केराबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाईले बताउनुभयो । अस्पतालमा ५ ओटा वेडमा अक्सिजन, भेन्टिलेटर सहितको पूर्वाधार निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved