मोरङ । मोरङ बेलबारी नगरपालिका वडा नं. ४ निवासी रमिला राईको हत्या गरि कोशीमा फालिएको खुलासा भएपछि अहिले उनको शवको खोजी भईरहेको छ । उनको शव खोजी गर्ने क्रममा एक जना महिलाको शव भेटिएको छ ।
निवस्त्र अवस्थामा रहेको उक्त सव पहिचान हुन नसक्ने अवस्थामा छ । कोशी व्यारेजको ढोका खोल्ने क्रममा महिलाको शब फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त लाशको आँखा वाहिर निस्केको अवस्थामा फेला परेको छ । उक्त शव हराईरहेकी रमिला राईको हो वा होइन यस बारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । कोशी व्यारेजमा दिनमा तीन चारवटा यस्ता शव आउने गरेको स्थानीयहरुको भनाई छ । प्रहरीले उक्त शवलाई बाहिर निकाली थप खोजी कार्यलाई तिब्र पारेको छ । बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा रहेको प्रहरीको विशेष उद्धार टोलीले खोजी कार्यलाई तिब्र पारेको छ । घटनामा सप्तरी प्रहरीको टोली समेत खटिएका छन् ।
रमिलाको हत्याको अभियोगमा गुरुङ प्रहरीको नियन्त्रणमा
फागुन १७ गते शुक्रबार राती देखि हराईरहेकी २६ वर्षिय रमिला राईको हत्याको अभियोगमा बेलबारी निवासी ४५ वर्षिय योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ संगै शुक्रवार राती विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भएपछि प्रहरीले उनी माथि आशंका गरेको थियो । रमिला वेपत्ता भएको सन्दर्भमा विभिन्न वहानाबाजी गरेको तर आफै भाग्न लागेपछि उनलाई ईलामबाट पक्राउ परेका हुन् । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको भनिएता पनि प्रहरीले यसबारे कुनै सूचना वाहिर सार्वजानिक गरेको छैन ।
रमिला र योगेन्द्र बीच प्रेम सम्वन्धको प्रसंग
रमिला राई र योगेन्द्र गुरुङ दुवै विवाहित हुन् । रमिलाले तेह्रथुममा विवाह गरेर श्रीमान् संग अलग भई बेलबारीमा बसोवास गर्दै आएका थिए । रमिलाको एक जना ७ वर्षिय छोरी छन् । योगेन्द्र गुरुङको भने दुई सन्तान रहेको छ । उनका श्रीमती छोराछोरी काठमाण्डौंमा छन् । उनी यहाँ नोवेल अस्पताल मेडिकलका संचालक समिति अध्यक्ष हुन् । साविक बेलबारी नगरपालिकाका नेकपाका पूर्व अध्यक्ष हुन् उनी । अरु बेला पनि रमिला संग हिडडुल गर्ने गुरुङको रमिला संग नजिकिएको विषयलाई स्थानीयले प्रेम सम्वन्ध रहेको स्थानीयहरु बताउँछन् । सोही क्रममा गुरुङले रमिलालाई विभिन्न सहयोग गर्दै आएको पनि अहिले सार्वजानिक भएको छ । उनको के कति कारणले हत्या भएको हो त्यो वाहिर आउन बाँकी छ ।
तस्वीर ः अर्जुन राई
प्रतिक्रिया दिनुहोस
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगक ...
काठमाडौं । प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडा ...
काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसबारे गरेको टिप्पणीप्रति सर्वोच्च अदालत बार एसोसिएसनले आपत्ति जनाएको छ । गत शुक्रबार ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved