युवराज ठकुरी ।
भोजपुरको हतुवागढी ९ हसनपुरमा आयोजित दुई दिने साहित्य महोत्सव सम्पन भएको छ ।
हसनपुर कला तथा साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त साहित्य महोत्सव पुस २९ गतेदेखि शुरु भइ माघ १ गते सम्पन्न भएको हो। हसनपुरको जनसेवा माविमा संचालित महोत्सवको उद्घाटन प्रतिनिधि सभा सांसद सुधन किराँतीले गरेका थिए।
महोत्सवको पहिलो दिन नृत्य प्रतियोगिता र प्रतिनिधि गजल वाचनमा मोरङबाट युवराज ठकुरी ,अस्मिता भट्टराई ,सुक्र आङ्देम्बे,धनकुटाबाट हृदय लिम्बू ,सुनसरीबाट अच्युत भट्टराई भोजपुरबाट विश्वजीत चाम्लिङ,किसान राई,अरुण आकाश रहेका थिए।उक्त दिन अक्षर यात्रामा हतुवागढी हिजो आज र भोलि शीर्षकमा प्यानल डिसकस गरिएको थियो।यसमा कवि प्रकाश दिप्साली,कृपालसिंह लिम्बू र विश्वजीत चाम्लिङ वक्ताको रुपमा र संजल राईले सहजीकरण गरेका थिए।
महोत्सवको दोस्रो दिन ‘टेकेर गुराँस माथि’ कविता संग्रह माथी विमर्श, प्रतिनिधि कविता वाचन, लोकप्रिय गायक कृष्ण भक्त राईको एकल गायन साथै सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा ‘टेकेर गुराँस माथि’ कविता संग्रह माथी उक्त पुस्तकका लेखक पूर्ण सन्ध्या समाधी, कवि मुकुन्द प्रयासको साथमा विमर्श गरिएको थियो। उक्त शृङ्खला गजलकार अरुण आकाशले सहजीकरण गरेका थिए ।
हामी र हाम्रो कविताहरुको साथमा कवि रुपेश कार्की ,हतुवागढी, मुकुन्द प्रयास धनकुटा प्रदिप योङहाङ धरान, याक्दुहाङ धिरज ९विराटनगर०, नवराज विष्ट सुनसरी, दिपा मग्राती ,हसनपुर, सविता लिम्बू सुनसरी, पूर्ण सन्ध्या समाधी ९भोजपुर०, प्रकाश दिप्साली सुनसरी र अर्जुन राईले प्रतिनिधिका रुपमा कविता वाचन गरेका थिए।
हसनपुर क्षेत्रमा साहित्य माहोल सिर्जना गरी नवसर्जकहरुमा प्रेरणा प्रदान गर्ने उद्देश्यले साहित्य महोत्सवको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष एवं हसनपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष भोटमान राइले बताए ।भोटमान राईको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा हतुवागढी गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि प्रेम कुमार राई, लोकप्रिय गायक एवं संगीतकार कृष्ण भक्त राई, हतुवागढी(८ का वडाध्यक्ष प्रविन कुमार राई, हतुवागढी(९ का वडाध्यक्ष हेमराज राई, स्वार्णिम साहित्य समाजका अध्यक्ष एवं सञ्चारकर्मी प्रकाश दिप्साली, शिक्षक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved