स्वर्णिम साहित्य समाजले गर्‍यो टिसर्ट सार्वजनिक तथा स्थानीय रचना वाचन

  • प्रकाशित मितिः पुष १९, २०७७
  • उज्यालो प्रदेश
alt

युवराज ठकुरी

सिद्दार्थ मेमोरियल स्कुलमा कक्षा ५ मा अध्ययनरत प्रकृति दिप्साली राईले जब स्वर्णिम साहित्य समाजको मञ्चमा यसरी
सुम्निमा पारुहाङ पुजेर
साकेला थानमा घुमेर
मान्छौं हामी साकेला।।।।
उधौलीको शुभकामना दिदै कविता सुनाइन् तब सुरु भो स्थानीय सर्जकको सिर्जना वाचन । जाडो मौसमको मध्य घाममा कविता सुनिरहँदा आसपासमा ढोलझ्याम्टा बजिरहेका थिए । प्रकृतिकै साथी इशा खड्काले बाल मष्तिष्कले ‘मेरो नेपाल’ शीर्षकको कविता सुनाइन् ।
नेपाल मेरो जन्मभूमि
नेपाल मेरो आमा
जितेका हौं नखाई अन्नपानी
लड्यौ पसिनाको माया नगरी ‘।
स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३, नडाहाले आयोजना गरेको टिसर्ट सार्वजनिक तथा स्थानीय रचना वाचन कार्यक्रमको एउटा झलक हो माथिका कविता र प्रस्तुतिहरु बुधबार वराहक्षेत्रका स्थानीय सर्जकहरुले दर्जन बढी समसामयिक कविता गजल सुनाए। 

t shirt 1

स्थानीय कविता र सिर्जनामाथि कवि देवान किरातीले टिप्पणी गर्दै लेखनमा निरन्तरतालाई प्रोत्साहन दिए । लेखिसके पछि कविताको कमजोरी र कविताका मुद्धामाथि छलफल सुरु हुने बताए ।

उत्तरवर्ती सोचका अभियन्ता राज माङ्लाकले समकालीन कविताको ट्रेण्डबारे बोले । लिम्बू जनजीवनको विम्ब मिथकहरुले सज्जित मुन्धुमी चेतनालाई कवि माङ्लाकले कवितामा ग्राह्यता दिएका छ्न । परम्परागत पथ छाडेर कवितामा विनिर्माण पथमा लम्किएका माङ्लाकले ‘पसिनाको सुगन्ध’ र ‘पृथ्वीको आयु नाप्ने मानिस’ शीर्षकका दुई कविता पस्किए ।

अर्का अतिथि कवि नवराज विष्टले स्थानीय परिवेशका दुई कविता सुनाए । ‘गाउँ’ कवितामार्फत् गाउँ र शहरबीचको युवामा देखिएको मनोवैज्ञानिक भेद र यथार्थबारे पस्किए ।”वराहक्षेत्रका सर्जकहरु अच्युत भट्टराई, रामजी दुर्गम, छविना मगर, लक्ष्मण कट्वाल, रोहिता भट्टराई , सरोज थापा, सविता लिम्बु, छबिलाल चौधरी, लगायतले सिर्जना सुनाए । उँधौली साकेला, साकेन्वाको अवसरमा शुभकामनासँगै आयोजित स्वर्णिमको लोगो अंकित टिसर्ट सार्वजनिक गरियो ।

विषम परिस्थितिका बावजुद पनि कार्यक्रमलाई पुनर्जागरणका दृष्टिले हेर्नुपर्ने वराहक्षेत्र ३ का वडाध्यक्ष रुद्रबहादुर दाहालले बताए । भरौललाई साहित्यिक माहोल बनाइराख्न सहयोग गर्ने वडाध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे । टिसर्ट प्रायोजक फ्लाइएक्सट्रिम नेपाल प्याराग्लाइडिङ प्रालिलाई स्वर्णिम साहित्य समाजका अध्यक्ष कवि प्रकाश दिप्सालीले धन्यवाद दिए । स्थानीय सर्जकको प्रोत्साहनमा अहोरात्र लागेका कवि दिप्सालीले टिसर्ट सार्वजनिक गर्ने वहानामा स्थानीय रचना वाचन राख्न पाएकोमा खुसी व्यक्त गरे ।

‘साकेलाको अवसर छ, कवितामा अलिकति संस्कृति मिसिएजस्तै आलुदम र सेलरोटी मिसाइयो है’ दिप्सालीले कार्यक्रमको मैझारो गर्दै भने ।
‘भरौलको कार्यक्रममा गुन्द्रुक र मकै भटमास आलुदम र सेलरोटीजस्ता मौलिक परिकारले स्रष्टाको स्वागत गर्ने चलन पुरानै हो ।’ कार्यक्रम सञ्चालिका समेत रहेकी स्वर्णिम साहित्य समाजकी सचिव ज्ञानु राईले भनिन् ।कार्यक्रममा स्वागत मन्तव्य समाजका सदस्य मनोज विष्टले गरेका थिए भने कार्यक्रम संचालन समाजकी सचीव ज्ञानु राईले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved