वन मुद्दाका अभियुक्त नै वनमन्त्री

  • प्रकाशित मितिः पुष १३, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं, । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद बैठक वसी रिक्त मन्त्रालयहरुमा नव नियुक्तमन्त्रीहरुलाई सपथ खुवाए । प्रचण्ड र माधव समुहका नेकपाका वन मन्त्रीले राजिनामा दिएसंगै खाली भएको मन्त्रालयमा नया मन्त्री भने वन मुद्धाका अभियुक्त नै वनमन्त्रीमा नियुक्त भएको खुलेको छ ।

कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए ।

वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म को हुँ ?’ भन्दै हप्काएको भिडियो भाइरल बनेको थियो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काठ ठेकेदारको लगानी हुने गरेको र पैसा आर्जन गर्नकै लागि रातारात धेरै रुख काट्न उपभोक्ता तयार भएको आलेको आरोप थियो । तर नवनियुक्त वनमन्त्री आले आफै २०५० देखि ५७ सालताका स्थानीय स्थतरमा राजनीतिसँगै काठ बेचबिखन गर्ने ।

आले २०५५ वैशाखमा सरकारी वनमा अवैध कटान र ओसारपसारमा मुछिएका थिए । डोटीको साविक छतिवन गाविस–८ का राधेश्याम बडायर र ९ बस्ने तत्कालीन जिविस सदस्य रहेका आले समेतको मिलेमतोमा ८ र ५ वडामा पर्ने जंगलमा अवैध ढंगले सल्ला प्रजातिका रुख काटेको प्रतिवेदन वन कार्यालय डोटीले तयार गरेको थियो ।

उक्त घटनामा बडायर पक्राउ परे पनि आले पक्राउ पर्न नसेको प्रतिवदेनमा उल्लेख छ । आलेले भने आफू कहिल्यै काठ व्यवसायलगायतका अवैध गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]om

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved