जेफालेमा ट्रान्जिट लोर्कापण,

  • प्रकाशित मितिः पुष ५, २०७७
  • उज्यालो प्रदेश
alt

जेफाले मोरंग । बैदेसिक रोजगारीमा गएका प्रवासीहरुले भोग्नुपरेको पिडा र समस्यालाई कथा वस्तु बनाएर लेखिएको चकेन्द्र राईको उपन्यास ट्रान्जिट जेफालेमा लोर्कापण गरिएको छ ।

लामो समय सम्म प्रवासमा रहँदा आफूले देखेको, भोगेको समसामयिक विषयवस्तुलाई आख्यानका रुपमा उतार्नुभएका राइले शनिबार एक कार्यक्रम गरी जेफाले सामुदायिक होमस्टेमा लोर्कापण गर्नुभएको हो ।
पर्यटन र साहित्य संगसंगै भन्ने मूल नाराका साथ कार्यक्रमका परिकल्पनाकार युवराज ठकुरीले संञ्चालन गर्दै आएको जेफाले सृजना डबलीको व्यवस्थापनमा विभिन्न लेखक साहित्यकार तथा पत्रकारहरुको उपस्थितीमा उपन्यासको लोकार्पण भएको हो ।

yuvraj bhai

केराबारी साहित्य तथा कला विकास समितिका अध्यक्ष नविन थापा क्षेत्री,धनकुटाका अग्रज पत्रकार सञ्जय सन्तोषी राई, कान्तिपुर दैनिकका धनकुटा सम्बाददाता रमेशचन्द्र अधिकारी, सुनसरीका पत्रकार तथा साहित्यकार प्रकाश दिप्साली राई,पाँचथरका साहित्यकार लेखक राज मांग्लाक , तथा केराबारी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष प्रेम लिम्बु लगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।

prakash dipsali

जेफाले सृजना डबलीको १५ औं श्रृंखलामा उपन्यासकार राइले आफनो कृति बिमोचन गराउँनु आयोजकका लागि उडानको टा«िन्जट पोइन्ट भएको भन्दै पुस्तकले चाँडै नै अन्तराष्टिय उडान भर्ने पत्रकार रमेशचन्द्र अधिकारीले विश्वास व्यक्त गर्नुभयो । समग्रमा पूस्तकमा भएका कथावस्तुले टिपिकल नेपाली समाजको कथा बोकेको छ । पुस्तक पठनिय रहेको छ अधिकारीले भन्नुभयो ।

rameshchandra

कार्यक्रममा धनकुटा र मोरंगको सिमाना तथा ट्रान्जिट पोइन्टको रुपमा रहेको जेफालेको फेदीमा उपन्यासकार राइको कृति ट्रान्जिट नै बिमोचन गर्न पाउँनु आफनो लागि पनि सौभाग्य भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडाध्यक्ष प्रेम वहादुर लिम्बूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

premlimbu

जेफाले सृजना डबली होस चाँहे जेफाले आसपासमा हुने गरेका साहित्यिक कार्यक्रम सवैजसो लेखक साहित्यकारहरुको कार्यक्रममा आफूले सहयोग गर्दै आएको आफनो कार्यकाल भरी सहयोग रहने लिम्बुले बताउँनुभयो. केराबारी साहित्यक तथा कला विकास केन्द्रका अध्यक्ष नविन थापा क्षेत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved