शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

  • प्रकाशित मितिः पुष १, २०७७
  • उज्यालो प्रदेश
alt

मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् ।

द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ । विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् ।

यसअघि गत वर्ष पुस ६ मा पनि उक्त समूहले सोही पालिकाको किसानचौक–टाडी रमिते सडक निर्माणमा काम गर्दै गरेका तीनवटा स्काभेटरमा आगजनी गरेका थिए । शिक्षक श्रेष्ठको हत्यासँगै गाउँमा पूरै त्रास छाएको, घास दाउरा, मेलापात, गोठालो र खेताला गर्न जान समेत गाउँलेहरू डराइरहेको स्थानीय मनोहर आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठ बताउँछन् ।

गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला विप्लवका कार्यकर्ताले चलाएको र हत्या गरिएका शिक्षक श्रेष्ठसँग आफ्नो निकट सम्बन्ध रहेका कारण आफूलाई समेत गाउँ फर्किन गाह्रो भइरहेको मदनले बताए । शिक्षक श्रेष्ठको हत्यासँगै मदन पनि गाउँपालिकाको केन्द्र मधुमल्ला बजारतिर झरेका छन् । उक्त हत्यापछि गाउँका धेरै मानिस गाउँ छाडेर मधुमल्लातिर झरेको उनको भनाइ छ ।आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: u[email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved