पछिलो समय आन्तरीक पर्यटकहरुको रोजाईको प्रमुख स्थल बनेको धनकुटा र मोरंग पर्यटकिय स्थल जेफालेको फेदीमा धनकुटाका आख्यानकार चकेन्द्र राईको उपन्यास ट्रान्जिट को बिमोचन हुनेभएको छ ।
पर्यटन र साहित्य संगसंगै भन्ने मुल नाराका साथ केही महिना अघि साहित्यकार तथा युवा गजलकार युवराज ठकुरीले संञ्चालन गर्दै आएको कार्यक्रम जेफाले सृजना डबलीको १५ औं श्रृंखलाको अवसरमा सो पुस्तकको लोकार्पण गरिन लागेको कार्यक्रमका प्रस्तोता समेत रहेका युवराज ठकुरीले बताउनुभयो । सो कार्यक्रममा पुस्तक लोर्कापण र विमोचन संगै उपन्यासका लेखक संग अन्र्तरंग गर्ने कार्यक्रम रहेको ठकुरीले बताउनुभयो ।
धेरै नव सर्जक तथा साहित्यकारहरुले निकै तामझामका साथ खर्चिलो ढंगबाट पूस्तक विमोचन गर्ने गरेको पाइएपनि आफनो गाउँठाउलाई रोजेर जेफाले सिर्जना डबली कार्यक्रमलाई नै रोजेर उपन्यास सार्वजनिक गर्ने अठोट गर्नुभएकोमा कार्यक्रम आयोजक टिमले धन्यवाद समेत दिएको छ । पुस्तक विमोचन पौष ४ गते विहिबारे अर्थात हावेचौरमा हुने छ ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved