अझै पत्ता लागेन शिक्षक श्रेष्ठको हत्यारा,तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

  • प्रकाशित मितिः मंसिर २८, २०७७
  • उज्यालो प्रदेश
alt

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन्।

मङलबार बिहान श्रेष्ठलाई अपहरण गर्दै आधा घण्टा परको जंगलमा पुर्‍याएर घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।हत्या भएपछि प्रहरीले सक्रियताका साथ हत्यामा संलग्नको खोजी गरे पनि कोही पक्राउ गर्न नसकेको हो।

कुनै युद्ध घोषणा नगरे पनि सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत बनेरa आफ्नो संगठन निर्माणमा लागेको विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले सो समूहविरुद्ध सर्च अप्रेशन नै सुरु गरेको जनाएको छ।
मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठ अध्यापन गराउदै आएका थिए ।

मोरङको विकट र दुर्गम गाउँ रहेको त्यहा विप्लव समूहको सैन्य गितिविधि तिव्र भएको र संगठन एवं संरचना विस्तार सहज रुपमा गरिरहेको सूचना आएपछि प्रहरीले विशेष सर्च अभियान चलाएर गत कात्तिक १२ गते दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो। मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘शिक्षकको हत्या गरेपछि प्रहरीले खोजी तिव्र बनाउदै कारवाहीको तयारी गरेको समाचार आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

तेह्रथुम , छथर गाउँपालिका–६ सुदापमा ३ जना बालिकाको प्लास्टिकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिए ।

plastic pokhari

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको खबर कान्तिपुर दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved