दतौ विनै संञ्चालनमा रहेका १७ बालुवा प्रशोधन केन्द्र शिल

  • प्रकाशित मितिः मंसिर २६, २०७७
  • उज्यालो प्रदेश
alt

नवलपरासी — मापदण्डविपरीत सञ्चालनमा रहेका पूर्वी नवलपरासीका १७ वटा बालुवा प्रशोधन केन्द्र सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले विनयी त्रिवेणी गाउँपालिकामा दर्ताबिनै सञ्चालनमा रहेका प्रशोधन केन्द्रलाई बिहीबार सिल गरेको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योग र गाउँपालिकाको कार्यालयमा दर्ता नगरेका क्रसर सिल गरिएको पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । जिल्लाका प्रायःक्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र खोलाबाट एक सय मिटर नजिक सञ्चालनमा रहेको उनको भनाइ छ ।

खोला किनार र पुलबाट पाँच सय मिटरसम्म क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । मापदण्डविपरीतका क्रसर उद्योगलाई यहाँको घरेलु तथा साना उद्योग कार्यालयले मोटो रकम लिएर अनुमति दिएको आरोप लाग्ने गरेको छ । दुई साताअघि पनि हुप्सेकोट र कावासोतीमा सञ्चालनमा रहेका दुई वटा बालुवा प्रशोधन केन्द्र सिल गरिएको थियो ।कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved