अन्तरिक्षमा फलाइयो मुला सन २०२१ मा धर्तीमा ल्याइदै

  • प्रकाशित मितिः मंसिर २१, २०७७
  • उज्यालो प्रदेश
alt

एजेन्सी । वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएका छन् ।यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ ।

नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।

नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ ।इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतिमा फल्ने गर्छ ।

नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस् । अन्तरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ ।

मूला प्लान्ट ह्याबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीब्र रुपमा बढ्छ र जेनेटिक रुपमा अन्तरिक्षमा धेरैजसो अध्ययन गरिने बिरुवा अराबिडोप्सिस जस्तै हुन्छ । मूलालाई एड्भान्स प्लान्ट ह्याबिटेटमा फलाइन्छ । एड्भान्स प्लान्ट ह्याबिटेट बोटबिरुवाको शोधको विकासको चेम्बर हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved