जमुनामा गुञ्जियो रोमु अधिकारीको गजल

  • प्रकाशित मितिः मंसिर २०, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी ।साहित्यकार तथा गजलकार युवराज ठकुरीले संञ्चालन गर्दै आएको जेफाले सृजना डबलीको १३ औं सृंखला शुक्रबार मोरंगको केराबारी १० स्थित जमूना होटलमा सम्पन्न भएको छ ।

केराबारी १० स्थित जमुना होटलमा भएको शुक्रबारको १३ औं श्रृंखलामा सुनसरी निवासी गजलकार रोमु अधिकारीले धारा प्रवाह रुपमा एक पछि अर्को गर्दै गजलका शेरहरु पस्केपछि होटलको प्रांगण नै गजलमय बनेको थियो ।

पर्यटन र साहित्यलाई संगैसंगै भन्ने मुल उदेश्यले केराबारीको भिन्न भिन्न ठाँउमा भिन्न कलाकारहरुको साथमा हरेक शुक्रबार संञ्चालन हुदै आएको सृजना डबलीको १२ औं श्रृंखलामा साहित्यिक स्रष्टा अधिकारीले गजलको पोको खोल्दै यसरी पहिलो गजलको शेर प्रस्तुत गर्नुभयो ।

हेरुम् न त आज को को आउँछ
अघाएको आउँछ,यहाँ भोको आउँछ
बिसाई सके गाउँघरकाले पनि
नाम्लो बेगारको यहाँ डोको आउँछ ।

झण्डै ३ सय भन्दा बढी गजल लेखी सकेका अधिकारीले विभिन्न कार्यक्रममा महिलाहरु प्रति धेरै लक्षित गरी गजल लेख्दै आएका छन् । उनका गजलहरु सुन्दा साच्चि प्रत्यक्ष सम्पर्कमा रहे झै लाग्ने गर्छ ।

अधिकारीले डबलीको श्रृंखलामा आउँन पाउँदा आफू खुशी भएको बताउँदै पछिलो समय साहित्यिक स्रष्टाहरुको कार्यक्रम हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । उनले बाल्यकालका यादहरु सम्झिदै आफनो गजल यसरी सुनाए ,

बाल्यकालमा शखीले खेलौं गोटी भन्थिन्
खेल्दै जाँदा के हुन्थयो कुन्नि खेल्दिन कट्टि भन्थिन्

डबलीमा अधिकारीले मेरो एउटा साथी थिइन उनको नाम गौरी थियो
उ भन्दा नी नजर तान्ने उनको त्यो पछ्यौरी थियो
लगायतका आधा दर्जन बढी गजल बाचन गरेका थिए ।

साहित्यिक स्रष्टाहरुलाई उभ्याएर सर्जकहरुको रचना बाचन गर्ने र साहित्यानुरागीहरुलाई हरेक नयाँ नयाँ ठाउँमा लगेर त्यहाँको परिचय गराउँने उदेश्यले कार्यक्रमको आयोजना गर्दै आएका गजलकार तथा साहित्यकार युवराज ठकुरीेले यस कार्यक्रमलाई संञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved