छोराले चलाँएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

  • प्रकाशित मितिः मंसिर १६, २०७७
  • उज्यालो प्रदेश
alt

विराटनगर । उपचारका लागि आफनै आमालाई मोटरसाइकला हालेर लैजादै गर्दा मोटरसाइकलबाट खसेर सोमबार साँझ एक वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनकामना झाको मृत्यु भएको हो।मोटरसाइकलबाट खसेकी वृद्धाको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर ज्यान गएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए। उनका अनुसार अचानक आमा बिरामी परेपछि २२ वर्षीय छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लग्दै गरेको अवस्थामा घटना भएको हो।

अस्पताल लैजाने क्रममा व्यथाले झन च्यापेर थामिन नसकेकी वृद्धा विराटनगर–९ बुद्ध चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। तत्काल छोराले उपचारका लागि न्युरो अस्पताल पु¥याए पनि वृद्धा जीवित रहन नसकेको प्रहरीको भनाइ छ।

यता उपचार गराउन आमालाई अस्पताल लिएर गएका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। ‘आमा बिरामी परेपछि उपचार गरेर बचाउनका लागि छोराले अस्पताल लिएर जाँदै रहेछन्,’ प्रहरी निरीक्षक पोदारले भने, ‘मोटरसाइकलबाट खसेर मृत्यु भएपछि आमा जीवित् रहिनन् भने छोरा उल्टै अनुसन्धानका लागि तानिएका छन्।’प्रहरीले मोटरसाइकल र चालकसमेत रहेका छोरा राजनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको हो।अन्नपुर्ण दैनिकबाट

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved