एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

  • प्रकाशित मितिः मंसिर १, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो ।

शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ ।प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी स्याटेलोजिकले निर्माण गरेको हो ।

ती १० वटा स्याटेलाइटको हरेकको तौल ४१ केजी छ भने पृथ्वीको कक्षमा आगामी ३ वर्षसम्म काम गर्ने छन् ।त्यस्तै उक्त रकेटमा चिनियाँ प्रविधि कम्पनीहरुले निर्माण गरेका अरु ३ वटा स्याटेलाइट पनि पठाइएको छ जसबाट रिमोट सेन्सिङका साथै सूचना प्रविधिका विविध वैज्ञानिक परीक्षणको उद्देश्य राखिएको छ ।

त्यसमा एउटा सिक्स–जी परीक्षण स्याटेलाइट रहेको छ । त्यसको तौल ७० केजी छ । उक्त स्याटेलाइटमा टेट्राहर्ज स्याटेलाइट कम्युनिकेसन प्रणाली जडान गरिएको छ । सिक्स–जी परीक्षण स्याटेलाइटको प्रक्षेपणसँगै टेट्राहर्ज अन्तरीक्ष सञ्चार प्रविधिको अन्वेषणमा ऐतिहासिक कदम अघि बढेको चिनियाँ इन्जिनियरहरुको भनाइ छ ।

उक्त स्याटेलाइटका डाटालाई स्मार्ट सिटीको निर्माण, विपदको रोकथाम तथा न्यूनीकरण, भू–योजना तथा वातावरण संरक्षण लगायतका कार्यमा उपयोग गरिने बताइएको छ ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved