एक किलो गाँजा सहित केराबारीबाट ५ पक्राउ पक्राउ पर्ने गाजा कारोबारी को को हुन् ?

  • प्रकाशित मितिः भदौ २७, २०७७
  • उज्यालो प्रदेश
alt

 

केराबारी मोरंग । मोरंगको केराबारी १० बाट शनिबार १ केजी गाजा सहित ५ जना पक्राऊ परेका छन् ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीको टोलीले केराबारी १० को गैरीटोलबाट उनीहरुलाई एक केजी गाजाको धुलो सहित शनिबार दिउसो पक्राउ गरेको हो ।

पक्राऊ पर्नेमा धरान १५ वस्ने वर्ष २० का च्यामन राई, वर्ष १९ का अजय तामांङ, लेटाङ नगरपालिकाका ७ का वर्ष १९ का रोहन तामाङ सहित केराबारी ३ का वर्ष १९ का अविशेक विक, सोही ठाउँका वर्ष १९ कै नारायण विक रहेकाछन् ।

यसअघि पनि प्रहरीले केराबारीबाट ४ केजी गाजा सहित ५ जनालाई पक्राउ गरेको थियो । पछिलो समयमा लक डाउनको मौका छोपी गाजा कारोबारी तथा लागुऔषध कारोबारीहरु ग्रामिण क्षेत्रमा गई गाजा संकलन गर्ने र तराईतिरबाट लागुऔषधका सामग्रीहरु भित्रयाउने गरेको पाइएको छ।

केराबारी १० मा पैदल हिडिरहेका उनीहरुलाई चेकजाचका क्रममा गाजा फेला पारिएको र पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

यसैगरी एक भारतिय नागरीकलाई लागु औषधका ट्याब्लेट सहित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । भारत पिप्राहा बिष्णुपुर बस्ने १८ बर्षीय दिपेश यादवलाई ७५ एम्पुल डाईजेपाम सहित शुक्रवार दिउँसो ४ बजे पक्राउ गरिएको हो ।

बीआर ३३ एच ६३५९ नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक् ...

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प ...

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ बर्षीय डिल्ली दर्जी रहेका छन् । शनिबार विहान ७ बजे जन ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved