बदेल पार्टीमा हिडेका क्रसर व्यवसायी भीम पौड्याललाई आँमजुँगी नाकामा रोक लगाउँदा भयो बबण्डर

  • प्रकाशित मितिः भदौ १४, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी । केराबारी गाउँपालिकाले लगाएको लक डाउँनमा कांग्रेस नेता भिम पौड्याललाई नाकामा छिर्न नदिएको भन्दै नेपाली कांग्रेसका जिल्ला नेता सहित पुगेका केही क्रसर व्यवसायीले शनिबार केराबारी आमजुँगी नाकामा उदण्ड मच्चाएका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तेश्रो चरण अन्र्तगत पाँचौ दिन शनिबार लक डाउँन व्यवस्थित गर्न केराबारी ८ को अाँमजुगी नाकामा खटिएका टोलविकास समितिका पदाधिकारीहरु सहित स्थानीयलाई आक्रोसित रुपमा आई मदिरा सेवन गरी आएका नेपाली कांग्रेसका जिल्ला सदस्य वृष थापा र केराबारी ७ का क्रसर व्यवसायी केशव बरालले विभिन्न गाली गलौज गर्दै बबण्डर मच्चाएका हुन्

साँझ सवा ५ बजेतिर कारमा आएका पौडेललाई नाकामा वसेका मानिसहरुले रोकेर सोधपुछ गरेका थिए । व्यवसायी पौडेलले आफू रोहित कार्कीलाई भेट्न आएको बताए । त्यसपछि स्थानीयले भेट्नको लागि हो भने हामी यही बोलाई दिन्छौं नत्र फोनबाट कुरा गर्दा भै गयो नि भनेर जवाफ दिएका थिए । त्यसपछि पौडेल कारबाट उत्रेर फोन हाने । केही छिनमा आमजुंगी क्षेत्रबाट क्रसर व्यवसायी समेत रहेका नेपाली कांग्रेसका नेता वृष थापा र क्रसर व्यवसायी केशव बराल आवेसमा ढाटमा आइपुगे र सवैलाई थर्काउन थालेको नाकामा खटिएका टोलविकास समितिका पदाधिकारीहरुले संञ्चारकर्मीलाई बताए ।

ढाटपारी पटि रहेका पौड्याललाई ढाट हटाएर आउनुस त मामा कसले रोक्छ भन्दै थापाले ढाटबाट छिर्न अनुरोध गरे । तर व्यवसायी पौडेलले भने होइन भैगयो बन्द रहेछ हामी फर्कन्छौं भनेर व्यवसायी पौडेलले ढाट नखोली आउँन मानेनन । तर थापा र बरालले पौड्याललाई छिर्न नदिएको झोकमा उदण्ड मच्चाउन सुरु गरेको प्रत्यक्षदर्शीहरुले संञ्चारकर्मीलाई बताए । यहाँ तपाईहरुले जे जे गर्दा नि हुन्छ । यो ढाट कसले लगाउन लगायो यो केराबारी तपाईको मात्र हो हामी व्यवसायी लाई मात्र रोक्ने भन्दै गुण्डागर्दी शैलीमा हप्काउँन थालेपछि विवादले उग्र रुप लिएको हो घट्नाका प्रत्यक्ष दर्शी उपाध्यक्ष शान्ति भूजेलले बताए ।

उनीहरुले हप्कि दप्कि गर्दै बबण्डर मच्चाउदै गर्दा उपाध्यक्ष शान्ति भूजेल सहित अनुगमनमा खटिएका प्रतिनीधिहरुले तपाईले यो के गर्न खोज्नुभएको भाई भनेर प्रश्न गर्ना साथ बरालले सडकमा तेर्साएको बास निकालेर फाल्न खोजेपछि केहीबेर स्थिती तनाव पुर्ण बनेको थियो । घट्नास्थलको भिडियो हामीसंग सुरक्षित छ ।

22 1

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन नदिन मोरङको केराबारी गाउँपालिकाले केराबारी प्रवेश गर्ने पाँचओटा नाकामा प्रहरीको समन्वयमा टोलविकास समिति जनप्रतिनीधि सहितको टोली परिचालन गर्दै आएको छ । लक डाउन गर्नुभन्दा अघि देखि नै नाकामा स्थानीय नागरिकले स्वतस्फूर्त बन्द गर्दैै आएपनि गाउँपालिकाले थप कडाई गर्ने गरी निर्णय गरेसंगै अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा रोक लगाउदै आएका छन् ।

लक डाउनको प्रभावकारीता र असर वुझ्न पालिकाले जंगराज पालिका प्रवक्ता जंगराज भूजेल र बजार अनुगमनक संगै लक डाउनको लागि परामर्श गर्न उपाध्यक्ष शान्ति कुमारी लिम्बु भूजेलको संयोजकत्वमा समिति समेत गठन गरी परिचालन गरेको छ ।
व्यवसायी थापा र बरालले ढाट समेत भत्काउने प्रयास गरेपछि अहिले केराबारीमा ठूलालाई ऐन सानालाई चैन भनेझै सर्वसाधरण नागरिकले दुःख व्यक्त गर्न थालेका छन ।

केराबारी ७ को शनिबारेमा दिउसो देखि क्रसर व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको र बदेल पार्टी चलेको स्थानीयले बताएका छन् । सो पार्टीमा कांग्रेस नेता पौड्याललाई क्रसर व्यवसायीहरुले आमन्त्रण गरेको वुझिएको छ । बदेल मारिएको हो होइन भन्ने विषयमा स्थानीयलाई वुझ्दा स्थानीयले पनि बदेल मारिएको र बदेलको मासु बरिष्ठ नेता तथा कार्यकर्ताहरुमा समेत पुगेको बताएका छन ।

यता केराबारी ९ को देवीझोडामा पनि नाकामा अवरोध गरेको खबर प्राप्त भएको छ । कोरोना संक्रमणको प्रभावित क्षेत्रको रुपमा हेरिएको वडा नं. ९ को देवीझोडा संगै जोडिएको लालभित्तीमा पालिकाले नागरिकलाई सुरक्षित हुने कुनैपनि कार्यक्रम नल्याएको र सर्वपक्षिय रुपमा नाकामा चेकजाचको व्यवस्था नगरेको भन्दै स्थानीय एकपक्षिय नागरिकले नाका लगाउन नदिएका बताएका छन् ।
हामीले समग्र वडालाई शिल गरेर जानुपर्छ भनेका हौं तर त्यो पनि भएन अनि जनप्रतिनीधिहरु आफै गैर जिम्बेबार बन्दै सवारीसाधन चलाएर हिड्ने गरेकाले सर्वसाधरणका लािग मात्र हो भने नाकामा ढाट लगाउनुको अर्थ नरहेको भन्दै नेपाली कांग्रेस र संघिय समाजवादी पार्टी सम्बछ केही युवाहरले नै अवरोध सृजना गरी नाकामा लगाएको ढाट हटाएको स्थानीयले नेकपा केराबारीका अध्यक्ष राम कार्कीले बताउनुभयो । यता वडा नं. ९ को वडा कार्यालयले पनि स्थानीय सरकारले लगाएको लक डाउनलाई कार्यान्वयन गर्ने क्रममा स्थानीय नागरिकबाट भएको कार्यको भत्र्सना गर्दै दोसीलाई कार्वाही गर्न पालिकामा सिफारिस गर्ने उल्लेख गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...

अब एमाले र माओवादी अलग अलग भएर जाने

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...

धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved