तथ्यांकमा कोभिड - १९ [अपडेट]

सून्दरहरैचा र बेलबारी नगरपालिका एक साथ लकडाउन हुने

  • प्रकाशित मितिः श्रावण २१, २०७७
  • उज्यालो प्रदेश
alt

पछिलो पटक समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को सक्रमण बढ्दै गएको भन्दै मोरंगको सून्दरहरैचा नगरपालिकाले एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको छ ।

बुधबार वसेको नगरपालिकाको ५३ औं बोर्डबैठकले आज राती १२ बजेबाट लागुहुने गरी आगमी साउन ३२ गते सम्मका लागि बन्दाबन्दी गर्ने निर्णय भएको नगरपालिकाले सार्वजनिक गरेको प्रेसविज्ञप्तिमा जनाइएको छ ।

साथै बन्दाबन्दीको समयमा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु वडाकार्यालयहरुको सेवा बन्द गर्ने निर्णय गरेको छ । बैठकले व्यापार व्यवसाय फुटसल शैलुन लगायत यातायातका सम्पुर्ण साधनहरु संञ्चालनमा रोक लगाउने निर्णय गरेको र १२ वर्षमुनिका बालबालिका र जेष्ठनागरिक असक्तहरुलाई अनावश्यक रुपमा हिडडुल नगर्न र आव्हान गरेको छ ।

यसैविच मोरङको बेलबारी नगरपालिकाले पनि बिहिबार राति देखि १० दिनका लागि लकडाउनको घोषणा गरेको छ । बुधबार बसेको कोरोना नियन्त्रण सामन्वय समिति, बेलबारीको बैठकले बिहिबार राती देखि लकडाउन गर्ने निर्णय गरेको हो ।समुदाय स्तरमै कोरोना संक्रमण फैलने खतरा बढ्न थालेपछि बेलबारी नगरपालिकाले पनि लकडाउन ९बन्दाबन्दी० घोषणा गरेको छ ।

download 11

नगरपालिकाले साउन २२ गते विहिबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्मका लागि लकडाउन घोाषणा गरेको हो । लकडाउन अवधीभर नगरभित्र अत्यावस्यक सेवाबाहेकका सबै कुरा बन्द रहने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।यातायातका साधन पुर्णरुपमा बन्द रहने,साप्ताहिक हाटबजार,सम्पुर्ण सरकारी कार्यालय,बैंक तथा वित्तिय कार्यालय,सहकारी संस्थाहरु,नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रसासनिक सेवाहरु बन्द रहने भएका छन् ।

लकडाउन अवधीमा पनि औषधी पसल,अस्पताल,क्लिनिक,दुधडेरी,पेट्रोलपम्प,पानीजन्य उद्योग,पशुस्वास्थ्य केन्द्र भेटेरीनरी सेवा भने सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ । समुदायमा कोरोना भाइरसको सक्रमण दिनदिनै बढ्दै गएको कारण बेलबारीमा संक्रमण रोकथामको लागि समितिले लकडाउन गर्ने निर्णय गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए ।

बेलबारी नगरपालिकामा अत्यावाश्यक सेवा बाहेक अन्य पसल , हाट बजार साथै यातायात नचल्नुको साथै सडकमा यात्रा गर्ने जो कोहिले पनि मास्क अनिवार्य लगाउनुपर्ने छ ।

विज्ञप्तिको पुर्णपाठ हेर्नुहोस्

lock doun belbari

117168780_1095146534213977_2075914244823897402_n

प्रतिक्रिया दिनुहोस

केराबारी गाउँपालिकाको ७ नं.वडाकार्यालय भवन शिलान्यास

प्रदेश नं.१ मोरंग केराबारी । मोरङ्गको केराबारी गाउँपालिकाको वडा नम्बर ७ को कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच केराबारी गाउँ ...

प्राकृतिक विपतिमा परेका टेकवहादुरलाई युवाहरुको साथ

केराबारी । लगातार परेको अविरल वर्षाका कारण केराबारी २ को सिंहदेवी स्थित फाइबा टोलमा स्थानीय टेकवहादुर लिम्बूलाई प्राकृतिक विपति आइलाग्यो । मध्यरात अव ...

मदन भण्डारी मार्गको सिमांकन देखि ५०० मिटर दक्षिणसम्म उत्खनन निशेधित क्षेत्र घोषणा

केराबारी । मदन भण्डारी मार्ग अन्र्तगत राष्टिय गौरबको आयोजनाको रुपमा हेरिएको मोरंगको केराबारी गाउँपालिका अन्र्तगत खदम खोलामा पक्कि पुल निर्माणका लागि आ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved