तथ्यांकमा कोभिड - १९ [अपडेट]

शुक्रबार मुलुकभर बाढी पहिरोमा परी २३ को मृत्यु, २६ बेपत्ता

  • प्रकाशित मितिः असार २६, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । शुक्रबार साँझ सम्म देशका विभिन्न ठाउमा परेको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएको र ६ जिल्लामा मानविय क्षति भएको जनाएको छ । बाढी पहिरोमा परी ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भए पनि प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ ।

कास्की र जाजरकोट सबैभन्दा बढी मानवीय क्षति
शुक्रबार सबैभन्दा बढी मानवीय क्षति कास्की र जाजरकोटमा भएको छ । दुवै जिल्लामा ७÷७ जनाको मृत्यु भएको छ ।पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ११ छ ।

थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्यान गएको छ । जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

जाजरकोटमा पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका–४, सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीया छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १९ वर्षीय वीरेन्द्र सार्कीको पनि मृत्यु भएको छ । तीन जनाको सनाखत भइसकेको छैन ।

त्यसैगरी म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

लमजुङको बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

विहीबारकै रात लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

रुकुम र गुल्मीमा तीन जनाको मृत्यु

रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । आठबीसकोट नगरपालिका–३, रजेखोलामा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ६ बजे गएको पहिरोले तुलबहादुर दमाईको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षीय सीता र ६ वर्षीय छोरा हाबिलको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घर पुरिँदा घाइते ८ वर्षीया छोरी हिराको अवस्था सामान्य छ ।

यस्तै, गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो । श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

विहिबारबाट सवारीमा जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेसँगै जोर विजोर ल ...

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो नि ...

केराबारीमा लक डाउँन पर्ख र हेरको स्थितीमा, क्वारेन्टाइनको क्षमता विस्तार गरिने,

प्रदेश नं. १ केराबारी । कोरोना पोजिटिभ विरामीहरुलाई आइस्योलेसनको अभाव देखिएको भन्दै बिरामीको उपचारका लागि स्थानीय तहमा होल्डिङ आइस्योलेसन निर्माण गर्न ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved