तथ्यांकमा कोभिड - १९ [अपडेट]

पानीको बहाव बढेपछि सप्तकोशी र नारायणी पुलमा रातो बत्ति

  • प्रकाशित मितिः असार २६, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र रोता झण्डा फहराएको छ ।

सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको छ । पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन् ।

पूर्वी पहाडी र मध्यपहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

यता नारायणी नदीमा पनि शुक्रबारबाट पानीको सतह बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि स्थानीय सरकारले खोला किनारमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको छ ।

देवघाटमा रहेको जलमापन केन्द्रले नारायणी नदीको देवघाटमा शुक्रबार अपरान्ह ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । नारायणीमा पानीको सतह बढ्दा भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटान उच्च जोखिममा पर्छन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

२६ औँ आदिवासी जनजाति दिवस जुमामा सिमित

बेलबारी / विभिन्न भौतिक रुपमा आदिवासी दिवस कार्यक्रमहरू मनाउदै आएका बेलबारीका आदिवासी जनजातिहरू । यस पाली भने विश्व व्यापी कोरोना भाइरस (कोविड १९) का ...

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा,

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निष ...

सून्दरहरैचा मा विहिबार देखि लकडाउन

पछिलो पटक समुदाय स्तरमा कोरोना भाइरस कोभिड १९ को सक्रमण बढ्दै गएको भन्दै मोरंगको सून्दरहरैचा नगरपालिकाले एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको छ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved