सामाजिक परम्परा तोड्दै लेटाङमा आमाको काजकिरिया गर्न कोरोमा बसिन १६ वर्षिय किशोरी

  • प्रकाशित मितिः असार ९, २०७७
  • उज्यालो प्रदेश
alt आमाको काजकिरिया गर्न कोरोमा बसेकी छोरी रोजिना मल्ल तस्बिर किशन शाही ।

लेटाङ । अझैपनि नेपालका अधिकांस ठाउँमा आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ ।
पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउँनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ ।

छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनुपर्ने आवाज उठिरहेको बेला लेटाङ नगरपालिका २ धोवीमा १६ वर्षिय एक किशोरीले ६ दिन अघिदेखि आफनो आमाको काजकिरिया गर्दै आएकी छिन् ।

लेटाङ नगरपालिका २ कि १६ वर्षिय रोजिना मल्ल ठकुरीले आफनो आमा मुगा कुमारी मल्लको निधन पश्चात काजकिरिया गर्दै आएकी हुन् । आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् शोकाकूल मल्ल परिवारले जनाएको छ ।

२०७७ असार ३ गते आमाको निधन पछि कोरामा को बस्ने भनेर धेरै सल्लाह भयो । छोरा नभएका कारण वृद्धावस्थाका रोगी बाबुले नै गर्नुपर्छ भनेर धेरैले दबाब दिदै गर्दा आमाको काजकिरिया ससुरा बुबालाई गर्न लगाउनु भन्दा आफू नै बस्न उचित ठानेर छोरीले नै कोरामा बस्ने निर्णय गरेपछि उनले बाजकिरिया गर्दै आएकी हुन् ।

IMG_20200618_092854 1
आमाको दाहसंस्कारमा दागबत्ति दिदै गरेकी छोरी रोजिना मल्ल तस्बिर किशन शाही ।

आमाको काजकिरिया आफै गर्छु भन्दै अठोट गरेपछि उनलाई नै बस्न लगाएको ठकुरी समाज महासंघ लेटांगका अध्यक्ष महेन्द्र शाहीले बताउनुभयो । ठकुरी समाज महासंघका प्रतिनीधि केही अग्रज समाजसेवीको सल्लाह र समन्वयमा १६ वर्षिय छोरीलाई नै किरिया गर्न दिदा फरक नपर्ने सल्लाह भएपछि उनी बसेकी हुन् ।

कोरामा बसेर सेतो कपडा पहिरिएर काज किरिया गर्दै आएकी रेजिना पूर्वक्षेत्रमा रहेका ठकुरी जातिमा पहिलो व्यक्ति भएको ठकुरी समाज महासंघ लेटाङ नगरकमिटीका अध्यक्ष महेन्द्र शाहीले बताउँनुभयो । सबैले अहिले राम्रो गर्नुभयो भन्दै धन्यवाद दिने गरेका छन् । शोकाकुल परिवारमा आएका आफन्तहरुले पनि यो परीवर्तनले समाजलाई पनि अर्को नयाँ संस्कारको थालनी भएको छ भन्ने गरेका छन् । ठकुरी समाज महासंघ केराबारी गाउँपालिका कमिटीका सहमहासचिव प्रेमवहादुर ठकुरीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

सात वटा कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको सात वटा कम्पनीलाई एक बर्षकोलागि कालोसूचीमा राखेको छ । कम्पनीले सम्झौता अनुसार काम सम्पन ...

भदौ २३ गतेदेखि कार्यसमितिको वैधानिकता सकिने ः पौडेल

काठमाडौँ । नेपाली कांग्रेसको संवैधानिक रुपमा पाँच वर्ष ६ महिना महाधिवेशन गरिसक्नुपर्ने व्यपस्था भएकाले भदौ २३ गतेपछि अहिलेको केन्द्रिय कार्यसमितिको वै ...

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमा ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved