तथ्यांकमा कोभिड - १९ [अपडेट]

कुवेतबाट आएकी केराबारीकी एक महिलालाई कोरोना पोजिटिभ

  • प्रकाशित मितिः असार १, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी । तीन दिन अघि कुवेतबाट आएकी केराबारीकी एक महिलालाई कोरोना पोजिटिभ देखिएको छ ।
बैदेसिक रोजगारीका लागि कुवेत गएकी केराबारी ७ की ती युवति काठमाडौंबाट नेपाली सेनाको स्र्कटिंगबाट सुन्दरहरैचाको खोर्सानेसम्म त्यसपछि केराबारी आएकी थिइन् ।

कुवेतबाट आउँन साथ केराबारीको होल्डिङ एरियाबाट मच्छिन्द्र माविको क्वारेन्टाइनमा राखिएको ती महिलाको आरडिटी टेष्ट गर्दा पोजिटिभ देखिएपछि आइतबार पिसिआर टेष्ट गर्न विराटनगर पठाइएको थियो । सोमबार प्राप्त पिसिआर रिपोर्ट पनि पोजिटिभ देखिएपछि उनलाई आज सोमबार साझ विराटनगर स्थित कोेभिड अस्पताल विराटनगर पठाइएको केराबारी स्वास्थ्य शाखाका प्रमुख टोमप्रसाद चम्लागाईले बताउँनुभयो ।

यसैविच उनी संगै आएकी दुई महिलालाई भने आज केराबारीको मच्छिन्द्र माविको क्वारेन्टीनमा राखिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको कारण १४ दिन सम्म क्वारेन्टीनमा राखिने भएको हो । केराबारीको मच्छिन्द्र माविको क्वारेन्टिनबाट २ महिला र २ पुरुषलाई आजै डिश्चार्ज पनि गरिएको छ ।

१४ दिनसम्म पनि उनीहरुको दुवै रिपोर्ट नेगेटिभ आएका कारण घर पठाइएको शाखा प्रमुख चम्लागाईले बताउँनुभयो । सो क्वारेन्टीनबाट यस अघि पनि ८ जना डिश्चार्ज भएका थिए ।

पछिल्लो २४ घण्टामा ४५१ थपिए

नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र ३५ महिला रहेका छन् ।

यसअघि दैनिक संक्रमित थपिनेको संख्या सबैभन्दा बढी ४३३ रहेको थियो ।

जम्मा संक्रमितको संखया ६ हजार २११ पुगेको छ । देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हालसम्म देशभर कोरोना संक्रमित उपचारपछि एक हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा १०४ महिला र र ९३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । जसमा ६० पुरुष र ७ महिला रहेका छन् ।

देशभर हालसम्म एक लाख ३८हजार ६८३ पीसीआर परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३३६ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा १ लाख ३३ हजार ८२९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार १५१ कोरोना संक्रमितहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

केराबारी गाउँपालिकाको ७ नं.वडाकार्यालय भवन शिलान्यास

प्रदेश नं.१ मोरंग केराबारी । मोरङ्गको केराबारी गाउँपालिकाको वडा नम्बर ७ को कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच केराबारी गाउँ ...

प्राकृतिक विपतिमा परेका टेकवहादुरलाई युवाहरुको साथ

केराबारी । लगातार परेको अविरल वर्षाका कारण केराबारी २ को सिंहदेवी स्थित फाइबा टोलमा स्थानीय टेकवहादुर लिम्बूलाई प्राकृतिक विपति आइलाग्यो । मध्यरात अव ...

मदन भण्डारी मार्गको सिमांकन देखि ५०० मिटर दक्षिणसम्म उत्खनन निशेधित क्षेत्र घोषणा

केराबारी । मदन भण्डारी मार्ग अन्र्तगत राष्टिय गौरबको आयोजनाको रुपमा हेरिएको मोरंगको केराबारी गाउँपालिका अन्र्तगत खदम खोलामा पक्कि पुल निर्माणका लागि आ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved