तथ्यांकमा कोभिड - १९ [अपडेट]

तरुण दल नेता धिमालको दुर्घटना रहस्यमय, घट्ना छानविन हुनुपर्ने कांग्रेसको माग प्रहरी भन्छ, घट्ना ९० प्रतिसत दुर्घट्ना बाट भएको

  • प्रकाशित मितिः कार्तिक २६, २०७६
  • उज्यालो प्रदेश
alt

खनेन्द्र कुमार राई
मोरङ, । गत सोमबार केराबारी खोर्साने सडकमा भएको नेपाल तरुण दल मोरङ क्षेत्र नं ८ का तत्कालीन अध्यक्ष महेन्द्र धिमालको दुर्घटना रहस्यपुर्ण भएको भन्दै नेपाली कांगेसले छानविन हुनुपर्ने माग गरेको छ ।

दुर्घट्नाबाट गम्भिर घाइते भई नोवल मेडिकल कलेज विराटनगरमा उपचारत धिमालको शारिरमा लागेको चोटको अवस्था र प्रकृति हेर्दा अज्ञात समुहले धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उदेश्यले आक्रमण गरिएको हुनसक्ने भन्दै यो विषयमा गम्भिरता पुर्वक छानविन हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।

धिमालको दुर्घटनाबारे नेपाली काग्रेंस महासमिति सदस्य ललित श्रेष्ठले घटना रहस्यपुर्ण भएको बताएका छन् । श्रेष्ठले घटनाको प्रकृति हेर्दा दुर्घटना नभएर धिमालको ज्यान मार्ने उद्देश्यले अज्ञात समूहबाट साङ्घातिक आक्रमण भएको हुन सक्ने अनुमान गरेका छन् ।

धिमाललाई मोरङको सुन्दरहरैचा नगरपालिकाको खोर्साने र केराबारी गाउँपालिका जोड्ने सडकको बिच जङ्गलमा सोमबार दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । स्रोतका अनुसार धिमाल केराबारी काम गरेको पैसा लिन गएका थिए ।

केराबारीका केही युवाहरुको साथ लागेर भोगटेनीमा गएका र साझ फर्किएको बताइएको छ । रक्ताम्य अवस्थामा भेटिएका धिमाललाई नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा उपचारको लागि लगिएको छ ।

नेपाल तरुण दल मोरङका अध्यक्ष सञ्जय सिंह थापाले पनि साङ्घातिक आक्रमण भएको बताए । धिमालको शरीरको चोट हेर्दा धारिलो हतियार प्रहार गरेको हुन सक्ने थापाको दाबी रहेको छ । उनी भन्छन्, ‘शरीर हेर्दा घस्रिएर, ठोकिएर चोट लागेको नभएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको देखिन्छ ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकीले नियोजित हमला नभएर ९० प्रतिशत धिमालको दुर्घटना भएको दबी गरेको श्रेष्ठले बताए । घट्नाको बारेमा सत्य तथ्य नवुझी ९० प्रतिसत दुर्घट्ना भएको हुनसक्ने भनि उनले दिएको अभिव्यतिmकाले नेपाली कांग्रेसले छानविनको माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

केराबारीमा लक डाउँन पर्ख र हेरको स्थितीमा, क्वारेन्टाइनको क्षमता विस्तार गरिने,

प्रदेश नं. १ केराबारी । कोरोना पोजिटिभ विरामीहरुलाई आइस्योलेसनको अभाव देखिएको भन्दै बिरामीको उपचारका लागि स्थानीय तहमा होल्डिङ आइस्योलेसन निर्माण गर्न ...

२६ औँ आदिवासी जनजाति दिवस जुमामा सिमित

बेलबारी / विभिन्न भौतिक रुपमा आदिवासी दिवस कार्यक्रमहरू मनाउदै आएका बेलबारीका आदिवासी जनजातिहरू । यस पाली भने विश्व व्यापी कोरोना भाइरस (कोविड १९) का ...

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा,

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निष ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved