तथ्यांकमा कोभिड - १९ [अपडेट]

सामाजिक सुरक्षा कोषमा योगदान दिनेलाई एक करोडसम्म ऋण’

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी दिए।

शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ, नेपाल, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढीमा १ करोड र शैक्षिक कर्जा बापत बढीमा ३५ लाख लोन प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको पनि बताए।

मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् लोन प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे।

त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्विकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए। कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिएका थिए।

अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आव्हान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान ...

विभिन्न जिल्लाका सिडिओको सरुवा, सूचीसहित

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस ...

सोमबार कोरोनाबाट २२६ संक्रमित थपिए , संक्रमितको संख्या १७९८

नेपालमा दैनिक कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला सोमबार सवैभन्दा बढी २सय २६ जना कोरोना संक्रमित थपिएका छन् वितेको २४ घण्टामा २२६ जना कोरोना संक्रमि ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved