तथ्यांकमा कोभिड - १९ [अपडेट]

लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt

चलचित्र निर्माण गर्दा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेका शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त कालिमाटीले पक्राउ गर्न सहयोग मागेपछि भक्तपुर परिसरले उनलाई पक्राउ गरेको हो।

भक्तपुर प्रहरी परिसर प्रमुख एसपी सविन प्रधानका अनुसार शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ। कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार शाहीले पहिले अदालतले ‘उपस्थित हुनू भन्दा अटेर गरे।

यसपालि पक्राउ पूर्जी नै जारी भएपछि उनलाई समातिएको कुँवरले बताए। शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।

फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए। अनुसन्धानपछि प्रहरीले उनलाई पक्राउ गरे पनि तत्कालीन अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटमा उनी छुटेका थिए।

चलचित्र रिलिज हुनुभन्दा अघि हिसाबकिताबलाई लिएर तीनै जनाबीच विवाद सुरू भएको थियो। यो विवाद चलचलित्र निर्माता संघ हुँदै प्रहरीमा पुगेको थियो। शाही विवादमा आएपछि चलचित्र निर्माता संघले उनलाई उपाध्यक्षबाट बर्खास्त गरेको थियो।

‘चलचित्र बनाउँदा भएको हिसाब किताब बुझावट भएन, पछि हलबाट उठेको रकम समेत नबुझाएपछि हामीले निर्माता संघमा उजुरी गर्‍यौं, त्यहाँबाट पनि उहाँले हिसाब(किताब बुझाउन नमानेपछि प्रहरीमा गएका थियौं,’ खड्काले भने।

प्रतिक्रिया दिनुहोस

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आव्हान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान ...

विभिन्न जिल्लाका सिडिओको सरुवा, सूचीसहित

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस ...

सोमबार कोरोनाबाट २२६ संक्रमित थपिए , संक्रमितको संख्या १७९८

नेपालमा दैनिक कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला सोमबार सवैभन्दा बढी २सय २६ जना कोरोना संक्रमित थपिएका छन् वितेको २४ घण्टामा २२६ जना कोरोना संक्रमि ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved