तथ्यांकमा कोभिड - १९ [अपडेट]

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गर्ने प्रस्ताव

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ। आगामी मंसिर ३ गते खेल हुने तय भए पनि रंगशालाको मापदण्ड नपुगेको अखिल नेपाल फुटबल संघ एन्फा को विज्ञप्तीमा उल्लेख छ।

खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ। एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको हो।

यसअघि मंगलबार एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। उनी रंगशालाको स्थिति देखेर असन्तुष्ट भएका थिए। उनले एएफसीको प्रतियोगिता समितिलाई प्रतिवेदन बुझाएसँगै खेल नहुने निश्चित भएको हो।

उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए।  निरीक्षकले चेन्जिङ रूमको स्थितिमा असन्तुष्टि पोखेका थिए। साथै उनले बन्दै गरेको भिआइपी प्याराफिटका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विषयमा प्रश्न गरेका थिए।

२०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन। खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म पूर्ण तयार भइसकेको छैन। खेल आउन १२ दिन बाँकी रहेको अवस्थामा चेन्जिङ रूम फिनिसिङ हुने चरणमा छ। मैदान पनि तयार हुने अन्तिम चरणमा छ।

भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। छानोका लागि हालिने १९ वटा पिल्लरमध्ये अहिलेसम्म ३ वटा मात्र ठड्याइएको छ। चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट अझै नेपाल ल्याइएको छैन। राष्ट्रिय खेलकुद परिषद् राखेपले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ।

दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो। नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ। नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ। पहिलो खेलमा कुवेतसँग ७(० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २(० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५(० र चौथो खेलमा जोर्डनले ३(० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।

विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।

एन्फाको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आव्हान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान ...

विभिन्न जिल्लाका सिडिओको सरुवा, सूचीसहित

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस ...

सोमबार कोरोनाबाट २२६ संक्रमित थपिए , संक्रमितको संख्या १७९८

नेपालमा दैनिक कोरोना संक्रमण दर वृद्धि भइरहेको बेला सोमबार सवैभन्दा बढी २सय २६ जना कोरोना संक्रमित थपिएका छन् वितेको २४ घण्टामा २२६ जना कोरोना संक्रमि ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved