तथ्यांकमा कोभिड - १९ [अपडेट]

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ ।

प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको ६ असोजमा गएको टोलीले पदक पाएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए ।

नेपालबाट गुरुङको नेतृत्वमा गएको टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए ।

‘युद्धकालीन बिशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ’, सहायक रथी पाण्डेले भने, ‘अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।’

सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिने पाण्डेले बताए ।सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

शुक्रबार मुलुकभर बाढी पहिरोमा परी २३ को मृत्यु, २६ बेपत्ता

काठमाडौं । शुक्रबार साँझ सम्म देशका विभिन्न ठाउमा परेको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले सार्वजनिक ग ...

पानीको बहाव बढेपछि सप्तकोशी र नारायणी पुलमा रातो बत्ति

काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रा ...

मासिक १३ हजारमै कार चढ्न पाइने

काठमाडौं । सुजुकीका लागि नेपालको आधिकारिक विक्रिता सिजी मोटो कर्पले मासिक १३ हजार ९ सय १३ रुपैयाँमै कार चढ्न पाउने गरी आफ्ना ग्राहकहरु माझ बीग स्कीम ल ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved