तथ्यांकमा कोभिड - १९ [अपडेट]

गायिकालाई अवार्डको प्रलोभनमा अनौतिक प्रस्ताव

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । अहिले विभिन्न रियालिटी शोहरु भइरहेका छन् । यस्ता रियालिटी शोहरुले अवसर नपाएर बसिरहेका प्रतिभाहरुलाई अवसरको ढोका खोलि दिएको छ । धेरैले आफूमा रहेको प्रतिभालाई उजागर समेत गर्न पाएका छन् ।

तर, यहि प्रतिभा प्रस्फुटनको माध्यमहरु शोषणको माध्यम समेत बन्न थालेको उदाहरण भर्खरैको एउटा घटनाले सार्वजनिक गरेको छ । गायन प्रतिभा खोज्ने संस्थाका एक व्यक्तिले एक गायिकालाई अवार्डको प्रलोभन देखाएर अनैतिक कार्यका लागि प्रस्ताव राखेपछि राम्रो कामभित्र हुने गरेको नराम्रो प्रवृति समेत उजागर भएको छ ।

कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै ‘सेक्सुअल हर्यास्टमेन्ट’ गरेको आरोप लगाएकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै सो कुरा बाहिर ल्याएकी छन् ।

nenifar

बुढामगरले विभिन्न प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्न जानका लागि समेत दवाव दिएको उनले बताएकी छन् ।

अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा आफूमाथि अनैतिक कार्यको प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ ।

पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधनबाट उनले शुरु गरेको स्टाटसको अन्त्यमा उनले कुविचारबाट ग्रसित बुढाबगर जस्ता समाजको नराम्रो व्यक्तिलाई सजाय दिन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको उल्लेख गरिएको छ ।

बुढामगर आयोजकबाट आउट

कलाकार छिरिङ डोमा शेर्पाको स्टाटस सार्वजनिक भएपछि वर्ल्ड नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना वर्ल्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ ।

‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण बुढालाई निर्दोष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वर्ल्ड कनेक्सनको विज्ञप्तीमा भनिएको छ ।

वर्ल्ड कनेक्सनले कलाकार, सहयोगी संघ संस्था र सह आयोजकलाई समेत बुढामगरसँग अवार्डसम्बन्धी कुनै पनि कार्य नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस

शुक्रबार मुलुकभर बाढी पहिरोमा परी २३ को मृत्यु, २६ बेपत्ता

काठमाडौं । शुक्रबार साँझ सम्म देशका विभिन्न ठाउमा परेको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले सार्वजनिक ग ...

पानीको बहाव बढेपछि सप्तकोशी र नारायणी पुलमा रातो बत्ति

काठमाडौं । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रा ...

मासिक १३ हजारमै कार चढ्न पाइने

काठमाडौं । सुजुकीका लागि नेपालको आधिकारिक विक्रिता सिजी मोटो कर्पले मासिक १३ हजार ९ सय १३ रुपैयाँमै कार चढ्न पाउने गरी आफ्ना ग्राहकहरु माझ बीग स्कीम ल ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved