तथ्यांकमा कोभिड - १९ [अपडेट]

असोज २३ गते अष्ट्रेलिया नेपाल आमने सामने

  • प्रकाशित मितिः आश्विन १४, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् ।

चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । यसअघि पहिलो खेलमा कुवेत विरुद्धको २३ खेलाडी नै अष्ट्रेलिया प्रस्थान गर्नेछन् । ताइपेइविरुद्ध विमल राना र रवी सिलवाल प्रस्थान गर्ने भनेपनि रवी भिसा नआएका कारण नेपालमा नै रहेका थिए । यसपटक प्रशिक्षक कालिनले कप्तान विराज महर्जन, भरत खवास लगायत खेलाडीलाई प्रशिक्षणमा नै समावेश गरेका थिएनन् ।

नेपालले असोज २३ मा अष्ट्रेलियासँग खेलेपछि चौथो तथा अन्तिम अवे खेलमा असोज २८ गते जोर्डनको सामना गर्नेछ । जोर्डनविरुद्ध खेलका लागि पनि सम्भवत यहि नै अन्तिम टोली हुनेछ । टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । टोलीले एक साता सिड्नीमा रहेर प्रशिक्षण गर्नेछ । खेलको दुई दिनअघि मात्र टोली खेलस्थल क्यानबेरा प्रस्थान गर्नेछ । सिड्नीमा नेपाली टोलीको व्यवस्थापन अष्ट्रेलिया नेपाल फुटबल संघले गरेको छ ।

नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७(० को लज्जास्पद हार बेहोरेपछि दोस्रो खेलमा ताइपेइलाई उसकै मैदानमा २।० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले यी २ खेलपछि छनोटमा बाँकी रहेका चारै खेल घरेलु मैदानमा खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टोलीमा को को रहनेछन् ?

गोलकिपर – किरण चेम्जोङ,कप्तान, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्स – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved