तथ्यांकमा कोभिड - १९ [अपडेट]

कस्मेटिक्स सामानको मापदण्ड निर्धारण

  • प्रकाशित मितिः आश्विन १३, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रसाधन कस्मेटिक्को लागि मापदण्ड तोकेको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषद्को १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित गरी लागू गर्ने निर्णय गरेको हो ।

     मापदण्डमा सौंन्दर्य सामग्रीहरुका लागि चाहिने साधारण मिश्रण, अम्लीय वा क्षारीयपना, सूक्ष्म जीवाणुहरुको उपस्थितिलगायत विभिन्न घातक ग¥हुगो धातुहरु जस्तै सिसा लिड आर्सेनिक, पारो ९मर्करी० र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा÷खोलसम्बन्धी व्यवस्था, सूचना लेबलिङ सम्बन्धी व्यवस्था, नमूना सङ्कलन र परीक्षण प्रविधि आदिबारे समावेश गरिएको छ ।

     नेपाली बजारमा बिक्री वितरण र प्रयोग भइरहेका सौंन्दर्य सामग्रीहरुमा पाइने गरिएका अत्यधिक पारो, सिसा, आर्सेनिक र क्याडमियमजस्ता रसायनहरु विश्व स्वास्थ्य सङ्गठनअनुसार मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० अति घातक रसायनमध्येका चार प्रमुख रसायन हुन् । यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन प्रणाली, नवजात शिशु, महिला, शिशुको वृद्धि विकासमा अवरोध पु¥याउनुको साथै मिर्गौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानी पु¥याउँछ ।

      उक्त मापदण्डहरुको प्रभावकारी कार्यान्वयनबाट नेपाल पक्षधर रहेका संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि, महिलाविरुद्ध सबैप्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि र मिनामाता मर्करी महासन्धिहरुले अन्तर्राष्ट्रिय रुपमा अनुसरण गरेकोे उद्देश्य पूरा गर्न पनि सहयोग पुग्ने जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए । रासस

 

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved