तथ्यांकमा कोभिड - १९ [अपडेट]

फेसबुकद्वारा दसौं हजार एप निलम्बन

  • प्रकाशित मितिः आश्विन ९, २०७६
  • उज्यालो प्रदेश
alt

एजेन्सी । क्याम्ब्रिज एनालिटिका डाटा चोरी काण्डपश्चात् सुरु गरिएको अनुसन्धानका क्रममा फेसबुकले दसौं हजार एपहरु निलम्बित गरेको छ ।

ती एपहरु झण्डै ४ सय एप डेभलपर्ससँग सम्बन्धित रहेको फेसबुकले जनाएको छ । यद्यपि, निलम्बित सबै एपहरुले प्रयोगकर्ताका लागि जोखिमको सिर्जना भने नगरेको समेत फेसबुकले जनाएको छ ।

अनुमतिविनै धेरै प्रयोगकर्ताका डाटाहरुमा राजनीतिक परामर्शसम्बन्धी कम्पनी क्याम्ब्रिज एनालिटिकाले अनधिकृत पहुँच प्राप्त गरेको खुलासा भएसँगै सन् २०१८ मा फेसबुक ठूलो दबावमा परेको थियो ।

प्रयोगकर्ताका ती डाटाहरु राजनीतिक विज्ञापनका लागि प्रयोग गरिएको थियो । उपभोक्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा गत जुलाईमा फेसबुकमाथि अमेरिकी संघीय वाणिज्य आयोगले ५ अर्ब अमेरिकी डलर जरिवानाको फैसला गरेको थियो । गोपनीयता उल्लंघनमा यो अहिलेसम्मकै उच्च जरिवाना हो ।

दशौँ लाख फेसबुक प्रयोगकर्ताका डाटाहरु अनधिकृत रुपमा दुरुपयोग भएको क्याम्ब्रिज एनालिटिका काण्डले फेसबुकलाई ठूलो धक्का पूराउनुका साथै धेरै मुद्दाको सामना पनि गर्नुपरेको छ ।

आफ्नो छवि सुधार्न तथा प्रयोगकर्ताको गोपनीयता तथा डाटाको सुरक्षाका लागि फेसबुकले पछिल्लो समयमा सुरक्षाका उपायहरुमा कडाइ गरिरहेको छ ।

गत मार्चमा फेसबुकले आफ्नो एपमा विद्यमान एपहरुमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा फेसबुकबाट प्रयोगकर्ताका डाटा प्राप्त गरी अनधिकृत रूपमा शेयर गर्ने एपहरुमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
निलम्बन गरिएका कैयन् एपहरु तत्काल प्रतिबन्धमा परेको नभई सुरक्षासँग सम्बन्धित जवाफहरु नदिउन्जेल सम्मका लागि निलम्बन गरिएको बताइएको छ । निलम्बित कतिपय एपहरुले फेसबुकबाट प्राप्त प्रयोगकर्ताका डाटाहरु अनुसन्धानकर्ता तथा कम्पनीहरुलाई समेत प्रदान गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved