तथ्यांकमा कोभिड - १९ [अपडेट]

दशैँपछि सडक संघर्षमा उत्रिन्छौँः गगन थापा

  • प्रकाशित मितिः आश्विन ७, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौँ । नेपाली कांग्रेस नेता गगन थापाले वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैँपछि सडक संर्घषमा उत्रिने बताउनु भएको छ ।

जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भन्नुभयो, “वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याएका छन्, जसको विरुद्दमा हामी दशैँ पछि सडकमा आउछौँ” उहाँले भन्नुभयो ।

नेता थापाले सरकारले दुइ तिहाइको आडमा प्रतिपक्षीको कुरै नसुन्ने र नेपाली जनताको मनोभावना विपरित काम गरीरहेको आरोप समेत लगाउनु भएको छ । सांसद थापाले शक्ति र सत्ताको आडमा नेकपा सरकारले गरेको ज्यादतीको विरुद्ध सडकमा उत्रिने बताउनु भएको हो ।

सरकारले आफ्ने सत्ताको आडमा ल्याएको बेइमानीपूर्ण विधेयकमा समाजवादी पार्टीले समेत सघाउने गरेको आरोप समेत लगाउनु भएको छ । सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनीरहेको छ, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने बताउनुभयो। ‘संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ।’ नेता थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved