तथ्यांकमा कोभिड - १९ [अपडेट]

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारी

  • प्रकाशित मितिः आश्विन ७, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौँ– नेपाल कम्युनिस्ट नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी बीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार ६ बुँदे समझदारी भएको हो ।

सम्झौतामा आगामी पाँच वर्ष उच्चस्तरीय सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै उच्चस्तरका राजनैतिक भ्रमणहरु गर्ने तथा वैचारिक राजनीतिक छलफललाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एकअर्का देशका विकासका मोडलहरुलाई आदान प्रदान गर्ने लगायतका विषय समझदारी पत्रमा समावेश गरिएको छ ।
यस्ता छन् समझदारीका ६ बुँदा

१ उच्चस्तरीय भ्रमण
२ कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३ पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान
४ युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान
५ जनस्तरको सम्बन्ध ९बुद्धिजीवी, नागरिक संस्था, मिडिया० अभिवृद्धि
६ विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved