तथ्यांकमा कोभिड - १९ [अपडेट]

काङ्ग्रेस उपसभापति सहित ५० नेकपामा प्रवेश

  • प्रकाशित मितिः आश्विन ७, २०७६
  • उज्यालो प्रदेश
alt

मोरंग । पार्टी एकिकरण पछि झण्डै डेढवर्षसम्म अलमलमा रहेको नेकपा पार्टी कमिटीले पार्टी एकता प्रक्रियालाई अन्तिम विन्दुमा पुर्याएसंगै नेकपा केराबारी गाउँपालिका कमिटिले संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ ।

मोरंगको स्थानीय तह अन्र्तगत रहेका विभिन्न नगर तथा गाउपालिका कमिटीको नेतृत्व सहित पार्टी एकिकरण सकिय संगै संगठन विस्तारमा लागेको नेकपाले दर्जनौं कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश गर्न थालेका छन् । यसरी पार्टी संगठन विस्तार अभियान अन्र्तगत केराबारी गाउँपालिका कमिटिको वडा नं. २ सिंहदेवीमा ठूलो संख्यामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहित दर्जनौं नेकपा प्रवेश गरेका हुन् ।

नेकपाको २ नम्बर वडा कमिटीमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा नेकपामा प्रवेश गरेका हुन। नेपाली काङ्ग्रेस साविक सिंहदेवी गाविसका उपसभापति पृतबहादुर लिम्बू ,सक्रिय कार्यकर्ता सेरबहादुर लिम्बू ,यमन मुसङ सहित साविक सिंहदेवी(६ का सबैजसो नेपाली कांग्रेसका पुराना कार्यकर्ता र ७ नम्बरका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन।

त्यसै गरि देवी लिम्बूको संयोजकत्वमा २६ सदस्यीय वडा कमिटी गठन पश्चात् सपथ ग्रहण कार्यक्रम भएको नवगठित कमिटीका अध्यक्षले जानकारी दिएका छन।उक्त कमिटीका सचिवमा रविन काम्बाङ चयन भएका छन।

केराबारी गाउँ कमिटीका अध्यक्ष राम कार्कीको सभापतित्वमा भएको कार्यक्रम सचिब जङ्ग खवासले सन्चालन गरेका थिए । कार्यक्रममा नेकपा नेकपाका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज महेश रेग्मीको उपस्थितिमा भएको सो कार्यक्रममा प्रदेश सदस्यहरु डिपि राई,डिल्लीराम शर्मा अधिकारी जिल्ला सदस्य शान्ती भुजेल, केराबारी गाउँ कमिटीका सदस्यहरु नारायण भुजेल,खड्ग लुइँटेल लगायतको उपस्थिती रहेको थियो । युवराज ठकुरीबाट

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved