तथ्यांकमा कोभिड - १९ [अपडेट]

लालीगुराँसको २५ औं वार्षिक साधरणसभा सम्पन्न, अब संस्थाले ब्रान्ड लिने

  • प्रकाशित मितिः आश्विन ३, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी ,मोरङ । मोरङको बेलबारीमा रहेको लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको २५ वर्ष पुगेको छ । संस्थाले आफ्नो सफलता संगसंगै एसियाली माप दण्ड अनुशार संस्थालाई अगाडि बढाउन प्रतिकीकरण(ब्रान्ड) लिने प्रयासमा रहेको छ ।
शुक्रवार २५ औं वार्षिक उत्सव कार्यक्रमको अवशरमा संस्थाका अध्यक्ष दुर्गा गौतमले संस्थाले उक्त ब्रान्ड लिन प्रयास गरेको बताएका छन् । संस्थामा भाका नाघेका ऋणको प्रतिशतका कारण उक्त ब्राण्ड लिन नसकेको बताएका छन् । बेलबारीमा ठूलो आर्थिक कारोवार गरिरहेको संस्थाले अहिले शेयरधनीहरुको विभिन्न उत्पादन मुलक कार्यहरुमा सरल व्याजदरमा ऋण उपलब्ध गराउदै आएको बताएका छन् । सहकारी ऐनको बारेमा बोल्दै अध्यक्ष गौतमले सहकारी ऐन २०७४ अनुशार अव एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने भएकोले अब एक मात्र संस्था छान्न शेयर सदस्यहरुलाई अनुरोध गरेका छन् ।
कार्यक्रमको अवशरमा संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सोही अवशरमा नेप्स्कुनका पूर्वउपाध्यक्ष अमृता सुब्बालाई संस्थाले लालीगुराँस सहकारी अवार्डले सम्मान गरेको छ । त्यसैगरी पूर्व संचालक सदस्य चक्रबहादुर राई पनि सम्मानित भएका छन् । साथै नियमित वचत गर्ने, असल ऋणी,उत्कृष्ट शेयर खरिदकर्ता,जेष्ठ शेयर ददस्य,रक्तदाताहरुलाई समेत पुरस्कृत तथा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सम्मानित तथा पुरस्कृतहरुलाई पुरस्कार तथा सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव नारायण आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । हाल संस्थाको शेयरपूँजी ३ करोढ ९० लाख १५ हजार रहेको छ । त्यसैगरी वचत २० करोड ५८ लाख ५७ हजार १३६ रहेको छ । संस्थाले यो वर्ष ६० लाख ६३ हजार ३ सय ८८ रुपैयाँ खुद नाफा रहेको छ । संस्थामा जम्मा २ हजार ९ सय ४० जना शेयर सदस्यहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved