तथ्यांकमा कोभिड - १९ [अपडेट]

नेकपा ईटहरीमा गुटको विवाद चुलिंदै , प्रदेश कार्यालयमा लाग्यो ताला

  • प्रकाशित मितिः भदौ ३१, २०७६
  • उज्यालो प्रदेश
alt

इटहरी । पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्ताहरुको अवमुल्यन भएको भन्दै नेकपा इटहरी उपमहानगर कमिटीको कार्यालयमा लागेको तालाबन्दी कार्यक्रम अहिले प्रदेश कार्यालय तर्फ सोझिएको छ ।
पार्टी बिधान विपरीत काम भएको र लामो समयदेखि पार्टीमा काम गरेका कार्यकर्ताहरुलाई पाखा लगाइएको भन्दै आन्दोलनरत नेकपा इटहरीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले प्रदेश कार्यालयमा मंगलवार दिउँशो तालाबन्दी गरेका हुन् ।


नेकपा इटहरी उप महानगरको कार्यलयमा तालबन्दी भएको १९ दिन वितिसक्दा पनि पार्टीले कार्यकर्ताको माग सम्बोधन नगरेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले गरिरहेको आन्दोलनमा नेताहरुले समेत साथ दिएका छन् । डेढ सय भन्दा बढि कार्यकर्ता तथा नेताहरु प्रदेश कार्यलयमा तालाबन्दी गर्न पुगेका थिए ।


नेकपा इटहरी पार्टी भित्र चरम असन्तुष्टि बढे सँगै कार्यकर्ताहरु पक्ष विपक्ष बन्दै आएका छन । इटहरी नेकपाको विवादलाई भिम आचार्य सँग जोडिएको छ । भिम आचार्यकै निर्देशनमा काशिनाथ दंगाललाई नेकपा इटहरीको सचिव बनाएको भन्दै नेकपा इटहरीमा चरम विवाद हुदै आएको छ ।


असोज ४ गते वृहत कार्यकर्ता भेला गर्ने र पार्टी अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । अभियानमा प्रदेस संसद लिलम बस्नेत,सर्वध्वज साँवा सहभागि छन् । यस्तै रेवतीरमण भण्डारी, याम सुब्बा लगायतका नेताहरुले समेत साथ दिएका छन् ।


नेकपा इटहरी नगर कमिटिको गठनमा गुटका आधारमा नेतृत्वमा लगिएको, पार्टीको विधि र विधान नमानिएकाले सच्याउन माग गर्दै पार्टी सुधृढीकरण अभियान शुरु गरेको लिलम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved