तथ्यांकमा कोभिड - १९ [अपडेट]

बिप्लवका धनकुटा मोरंग सेक्रेटरी दिपक राई रिहा लगतै पक्राऊ

  • प्रकाशित मितिः भदौ ३१, २०७६
  • उज्यालो प्रदेश
alt

मोरंग । नेत्रविक्रम चन्द नेतृत्वको जिल्ला सेक्रेटरीलाई जिल्ला अदालत मोरङले रिहा गरे लगतै प्रहरीले पुन पक्राऊ गरेको छ ।

एक महिना अघि केराबारी ३ स्थित एक घरबाट विप्लवका कार्यकर्ता धनकुटा मोरंग सेक्रेटरी दिपक राई लाई प्रहरीले पक्राऊ गरी आवश्यक कार्वाहीका लागि हिरासतमा राखिएको थियो । जिल्ला अदालत मोरंगमा राइले आफू विप्लवको साधरण सदस्य समेत नरहने गरी स्वतन्त्र जिवन यापन गर्ने बयान दिएपछि आवश्यक कार्वाही पछि साधरण तारेखमा रहने गरी हिरासतबाट मुक्त गराए लगत्तै शुक्रवार विहान राती दुई बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी हिरासतबाट मुक्त भएपछि घरमा रहेका राइलाई इलाका प्रहरी कार्यालय केराबारीले मध्यरात नियन्त्रणमा लिइएको बताइएको छ । 

जिल्ला अदालत मोरङमा बयानका क्रममा अव आइन्दा विप्लवको कुनैपनि गतिवीधिमा संलग्न नहुने। साधरण जिवन यापन गर्दै स्वतन्त्र रुपमा बस्ने बयान दिएको राइले बताएका छन् । राईलाई ११ घण्टा इलाका प्रहरी कार्यालय केराबारीमा राखी अन्यत्रै सरुवा गरीएको छ ।

मुलधारको राजनीतिमा आउने चाहना

यसैविच प्रहरी हिरासतबाट मुक्त भए लगतै पक्राउ परेका विप्लव कार्यकर्ता दिपक राई ( विकल्प )ले मुलधारको राजनीतिमा आउने आसय व्यक्त गरेका छन् ।

पक्राउ परेका राईले विप्लव नेतृत्वको पार्टीले संञ्चालन गरिरहेको हिंसात्मक गतिवीधिले राजनीतिक समाधान नहुने बताउदै उनले मुलधारको राजनीतिमा आउने चाहना रहेको बताएका हुन् ।

राइले भने मैले अदालतमा स्वतन्त्र र सम्मानित नागरीक भएर जिउन चाहन्छु । देशलाई अस्थिरता हुने कुनैपनि गतिविधिमा संलग्न नहुने बयान दिइसकेको हुनाले अव उपयुक्त बातावरणको खोजीमा रहेको राईको आसय रहेको परिवारजनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved