तथ्यांकमा कोभिड - १९ [अपडेट]

वडाको एक लाख वजेट शंखेकिरालाई

  • प्रकाशित मितिः श्रावण २३, २०७६
  • उज्यालो प्रदेश
alt

डम्बर सिन्चिउरी/लेटाङ्ग । किरा आतंकको रुपमा फैलिएर किसानलाई अति दुख दिईरहेको शंखेकिरा नियन्त्रणका लागि उत्तरी मोरङ्गको लेटाङ्ग नौ नम्बर वडा कार्यलयले एक लाख रकम खर्च गरेको छ ।

स्थानिय कृषकले लगाएका सिमि, वोडि, घिरौला, करेला , चिचिण्डा, फर्सी, लगायतका वर्षे साग सब्जी खाएर दुख दिने यो शंखेकिरा नियन्त्रण गर्न व्यक्तिगत रुपमा सम्भव नभएकाले नै वडा विकासका लागि छुट्याउनु पर्ने रकम समेत यसमा छुट्यारै वडा कार्यलय लागीपरेको वडाध्यक्ष कृष्ण लुईंटेलले वताएका छन् ।

विगत केही वर्ष अघि देखि यस क्षेत्रमा आतंक मच्चाउँदै आएको यस किराले रात को समयमा निक्लेर विरुवाको कलिलो पात, मुण्टा, काण्ड, वोक्रा लगायत खाएर नष्ट गर्छ भने यसको र्यालले भेटेका सम्पुर्ण भाग मर्ने गरेको छ । यसबाट स्थानिय कृषकको लाखौं रुपैया बराबरको क्ष्यति हुने गरेकाले पनि वडा कार्यलयले यो रकम खर्च गरेको वडाध्यक्ष लुईटेल वताउँछन् । दिनमा भने यो किरा लुक्ने गरेको स्थानिय कृषकहरु वताउँछन् ।

शुरु शुरुमा साधरण किरा मात्र हो भन्ठानेर त्यसै छोडिने गरेको यस शंखेकिराले विगत दुई वर्ष देखि भने पुर्ण रुपमा बिरुवा खाएर आतंक मच्चाउने गरेको स्थानिय कृषक कमल खड्का वताउँछन् । तत्कालिन जाँते गा वि स को १,२, ८ र ९ वडा हाल को लेटाङ्ग ८ र ९ भएको छ । यी दुवै वडाहरु एउटै समथर भागमा भए पनि वडा नम्बर नौमा मात्र यसले आतंकको रुप लिएको वताईएको छ ।

यो किराको आतंक वढेसँगै वडाले पनि यसको नियन्त्रणका लागि केही न केही गरि रहेको छ । शुरुका वर्षमा कृषकलाई किरा टिपेर मार्ने निर्देशन वडाको तर्फबाट दिई नियन्त्रण प्रयास गरियो । यसै क्रममा गत वर्ष टोल टोलमा किरा शंकलन केन्द्रै खडा गरी प्रति किलो रु २५ का दरले कृषक बाट खरिद गरी संकलन गर्ने र सो किरालाई नुन प्रयोग गरि मारेर नष्ट गर्ने गरियो । यसका लागि पनि वडाको झण्डै डेढ लाख रकम सकियो । तर, यस बाट पनि सम्भव नदेखिनुका साथै ठूलो रकम लगानि गर्नु परेकाले पनि यस वर्ष भने वडा बाटै एक लाख रुपैंया विनियोजन गरी वडा भरीका १२ सय घर धुरीलाई जम्मा ६० किलो ग्राम विषादि वडाले नै खरिद गरी वडाले नै परिक्षण समेत गरी टोल विकास समिति मार्फत टोल टोलमा प्रति घर धुरी ५० ग्रामका दरले वितरण गरिएको वडा सदस्य गोपाल मगरले वताए ।

यस बाट पनि सम्भव नभए आगामि वर्षायाममा यो किरा नियन्त्रणका लागि जीव विशेषज्ञसँग परामर्ष गर्दै विविध उपायमा लागि पर्ने अर्का वडा सदस्य इन्द्र ढकालले जनाए ।

साथै, किरा मार्दा मानव लगाएत समस्त जीवजनावरको स्वास्थ्यमा समेत ख्याल राख्नु पर्नेमा स्थानियले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved