तथ्यांकमा कोभिड - १९ [अपडेट]

विश्वको सबैभन्दा सानो ल्यापटप, १ इन्चको स्क्रिन

  • प्रकाशित मितिः श्रावण १८, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । एक युवाले विश्वको सबैभन्दा सानो ल्यापटप निर्माण गरेका छन् । पोल क्लिन्गर नामका युवाले १ इन्चको स्क्रिन भएको विश्वकै सानो ल्यापटप बनाएका हुन् । उनले थिंक टाइनी नामक मिनी ल्यापटप निर्माण गरेका हुन् । 

यो ल्यापटप आईबीएम कम्पनीले तयार पारेको थिंकप्याडको सानो रुप हो । अहिले थिंकप्याड अहिले लेनोभोले बनाउँछ । 

क्लिन्गरले यो मिनि ल्यापटपमा थिंकप्याडको जस्तै किप्याडको बीचमा रातो रङको कर्सर कन्ट्रोलर पनि दिएका छन् । 

यो ल्यापटपमा १२८×६४ पिक्सलको ओएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । साथै यो साना ल्यापटपमा एटाइनी १६१४ मिनि कन्ट्रोलरको प्रयोग गरिएको छ । 
यसमा ३ सय एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यसको ब्याट्रिलाई रिचार्ज पनि गर्न सकिन्छ । 

यसमा मानिसहरुले गेम पनि खेल्न सक्छन् । यो ल्यापटप यति सानो छ कि त्यसलाई हत्केलामा लिन सकिन्छ । यो ल्यापटपको बीचमा राखिएको रातो बटमलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यसको पार्टपूर्जा र आवश्यक अन्य सामग्रीको लागि ८५ डलर बराबरको रकम खर्च गरिएको थियो । 

पोल क्लिन्गर अहिले तत्काल यो ल्यापटप भने बेच्न चाहँदैनन् । तर, कसैले यो ल्यापटप बनाउन चाहन्छन् भने त्यसका लागि आवश्यक सबै जानकारी उनले सार्वजनिक गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सबै नागरिकलाई अनिवार्य सैनिक तालिम माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले १८ वर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै संघीय संसद ...

कोशी अस्पतालमा एक सय बेडको प्रसुतीगृह बन्दै

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको शिलान्यास सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुली र क ...

दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि, प्रहरीले खोज्न थाल्यो मलामी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गौला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ । ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2020 - Ujyaalopradesh.com All rights reserved