महिला बेच्न भारततिर लैजादैँ गर्दा बिराटचौककी एक महिला पक्राउ, २ जनाको उद्धार

  • प्रकाशित मितिः जेठ २९, २०७६
  • उज्यालो प्रदेश
alt

भण्टाबारी ।सुनसरीको भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ जना महिलाको उद्धार गरिएको छ । घरको काममा लगाइदिन्छु भन्दै भारतको दिल्लीमा बेच्न लाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सीमा सशस्त्र प्रहरी बल भण्टाबारी र मानव अधिकारकर्मीको संयुक्त टोलीले २ जना नेपाली महिलाको उद्धार गरेको हो ।

फोन सम्पर्कमार्फत् चिनजान गरी २ जना महिलासँगै दिल्ली जान तयारी अवस्थामा भएको बखत एक दलाललाई नियन्त्रण लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

uddarh

इटहरीबाट २ जना महिला र एकजना दलालसँगै अर्का एकजना पुरुषले भण्टाबारी नाका हुँदै भीमनगरबाट दिल्ली जान बसमा चढ्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

दिल्लीमा घरको काममा लगाइदिन्छु भन्ने प्रलोभन देखाई मोरङ सुन्दरहरैँचा नगरपालिका–१०  बिराटचौक बस्ने २३ वर्षीया शेषकुमारी अधिकारीले मोरङ पथरी नगरपालिका–१ की ३५ वर्षीया कोपिला पोखरेल र बुटवल महानगरपालिका–६ रुपन्देही स्थायी घर भई हाल काठमाडौं कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरी लाई बेचबिखन गर्न लाँदै गर्दा उनीहरूको उद्धार गरिएको मानवअधिकारकर्मी शिवेन्द्र कर्णले जानकारी दिए ।

बेचबिखन गर्ने उद्देश्यले ती महिलाहरूलाई भारततर्फ लैजाँदै गरेको जानकारी पाएपछि उनीहरूलाई भारतीय एसएसबीका इन्स्पेक्टर घनश्याम पासवान नेतृत्वको सहयोगमा सशस्त्र प्रहरीसहित उद्धार गरेको कर्णले बताए ।

भारतमा उद्धार गरिएकोले आवश्यक कानूनी प्रक्रिया पु¥याई उनीहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउने बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । काठमाडौं र इनरुवाका दलालहरूमार्फत् शेषकुमारी अधिकारीको सम्पर्कमा ती २ जना महिला आएको उनले बताए ।

इनरुवादेखि भारतको भीमनगरसम्म उनीहरूलाई पुर्याउने एकजना पुरुष भागेको भण्डारीले बताए । उद्धार गरिएका महिलाद्वयले आफूहरूले कसैलाई नचिनेको र काममा लगाइदिने प्रलोभनमा भारतमा जान लागेको बयान दिएको भण्डारीले बताए ।

भीमनगरबाट उद्धार गरिएका ती दुवै महिला श्रीमान्सँग अलग्गै बस्दै आएको बयान दिएका छन् । १ छोराकी आमा कोपिला अधिकारीले १६ वर्षदेखि श्रीमान्बाट अलग्गै बस्दै आएको र ३ छोरीकी आमा कुन्ती ठकुरीले १ वर्षअघि श्रीमान्सँग सम्बन्धविच्छेद गरेको भनी बयान दिएको सशस्त्र प्रहरी इन्स्पेक्टर भण्डारीले बताए ।

ब्लास्ट बाट

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved