बेलबारीमा सुन्दर कार्य गर्दै सुन्दर टोल समिति

  • प्रकाशित मितिः जेठ १८, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी ,मोरङ । बेलबारी वाड ३ को सुन्दर टोल विकास संस्थाले सरसफाई तथा प्लास्टीक निषेधित टोल निमार्ण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सयौको संख्यामा युवा देखि बृद्ध सम्मका टोल बासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
शनिबार सुन्दर टोलको आयोजनामा भएको सो कार्यक्रमको उद्घाटन टोलका जेष्ठ नागरिकद्वारा प्लास्टीक निसेधित गरौ लेखेको स्टिकर टाँसेर सुरु भएको थियो । सरफाई तथा स्टिकर टाँस्ने कार्यक्रम नगरपालिका कार्यलय भवनबाट सुरु भएर टोलको परिक्रमा पश्चात सोही स्थानमा कोण सभामा सम्पन्न भएको थियो ।
कोण सभामा टोल विकास संस्थाको आमा समुहका सल्लाकार संयोजक सकुन्तला सुबेदी र टोल उपभोक्ता समितिका अध्यक्ष शालिक राम ढकालले भौतिक विकास कार्य सम्पन्न बारे जानकारी साथै आर्थिक बारे सार्वजनिक गरेका थिए ।
सुन्दर टोल विकास संस्थाका अध्यक्ष खनेन्द्र कुमार राईले कोण सभालाई सम्बोधन गर्दै एक ब्यक्तिको घर मात्र सफ भएर हुदैन टोल टोल र नगरपालिकाका नै सफा हुनु पर्छ, हैन भने फोहोरबाट लाग्ने रोगको संक्रमण बाट कोही अछुतो रहन सक्दैनौ । तसर्थ सरसफाई कार्यक्रम निरन्तर गर्दै जानु पर्ने बताएका छन् । सुन्दर टोल विकास संस्थाले चरणबद्ध रुपमा सरसफाई कार्यक्रम गरि रहेको जनाएका छन् । यस पटकको तेस्रो चरणको सरफाई कार्यक्रम सम्मआई पुग्दा स्थानीयहरु टोल सरसफाईमा धेरै ध्यान केन्द्रत भएको र टोल पनि फोहोर मुक्त हुदै गएको बताए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले सुन्दर टोल भित्र कुनै पनि सुर्ति तथा मदिरा जन्य पदार्थ सार्वजनिक स्थलमा खान नपाउने नियम राखेको र शैक्षिक क्षेत्रमा भने निषेधित नै गरेको बताएका छन् । यस अभियानमा सबै टोलबासीको मत एक रहेको र यस्तो सामाजिक कार्यलाई निरन्तर गर्दै जाने अध्यक्ष राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

समुन्द्र किनारमा सम्रागीको हट अवतार (हेनुहोस् तस्बिरहरू)

नेपाली नायिका सम्रागी राज्यलक्ष्मी शाहले आज बिहीबार आफ्ना केही तस्बिर इस्टाग्राम पेजमा शेयर गरेकी छन् । इन्डोनेसीयको समुन्द्र किनारमा खिचिएको केही फो ...

नेमारको युभेन्टस जाने सम्भावना र चर्चा

एजेन्सी । विवादको घेरामा पर्दै क्लब फुटबलको भविष्य नै अन्यौल देखिएका ब्राजिलियन स्टार नेमार युभेन्टस जाने चर्चा चलेको छ । यसअघि पेरिस सेन्ट–जर् ...

कंगोमा इबोलाको महामारीले १६ सय भन्दा बढीको मृत्यु

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved